Author: eKhasyauli.com
माघ १४, काठमाडौँ- स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ। मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल छ हजार ८७० कायम भएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं, १३ माघ नेपाली कांग्रेसले सुशासन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर आगामी घोषणापत्र बनाउने जनाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले फागुन २१ ग्ते हुने निर्वाचन र पछिका दिनमा पार्टीले भिजन–१० समेटेर घोषणापत्र तयार गर्ने जनाएको हो। निर्वाचन घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित नहुने जनाउँदै पार्टी प्रवक्ता देवराज चालिसेले भने,‘घोषणापत्रमा स्रोत व्यवस्थापनका उपायहरू पनि समेटिन्छन्।’ पार्टीका तल्ला निकायहरूसँग पनि सुझाव मागेर घोषणापत्र तयार गर्ने जनाउँदै उनले गर्न सक्ने क्षमता, व्यवहारिकता र कार्यान्वयन योग्य कार्यक्रम समेटिएको बताए। हरेक नागरिकको मन छुने, सबै वर्ग, क्षेत्र र समुदायको भावना अटाउने प्रयास गर्नेछ,’ उनले भने, ‘स्थिरता, उत्तरदायित्व र समावेशी…
नेप्सेमा पछिल्लो समय देखिएको गिरावटले लगानीकर्ताको मनोविज्ञानमा ठूलो प्रभाव पारेको छ। बजार ओरालो लाग्दा सामान्यतया लगानीकर्ताले सुरक्षित हुन बिक्री रोज्ने प्रवृत्ति देखिन्छ । बजार ४२ अंकले घट्दा शीर्ष १० ब्रोकरकाे कारोबार विवरणले अझ स्पष्ट संकेत दिएको छ कि बजारमा बिक्री दबाब हावी भएको छ। नासा सेक्युरिटिज र अनलाइन सेक्युरिटिजमा सबैभन्दा ठूलो बिक्री दबाब देखिएको छ। यी ब्रोकर्सले खरिदभन्दा सयौं करोड बढी बिक्री गरेका छन्, जसले बजारमा नकारात्मक मनोविज्ञानलाई बलियो बनाएको छ। जब ठूला ब्रोकरले बिक्रीलाई प्राथमिकता दिन्छन्, त्यसले साना लगानीकर्तामा पनि डर पैदा गर्छ र उनीहरू पनि सुरक्षित हुन बिक्रीतर्फ लाग्छन्। मंगलबार शीर्ष १० ब्रोकरमध्ये अनलाइन र नासा सेक्युरिटिजले साढे…
सन्धिखर्क – अर्घाखाँची चेम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिएको सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजकले बताएको छ । महोत्सवको आइतवार औपचारिक रूपमा समापन गरिएको छ । सन्धिखर्क नगरपालिका–१ स्थित कुडुलेफाँटमा आयोजना गरिएको महोत्सव स्थानीय उत्पादनको प्रचार, व्यापार–व्यवसायको विस्तार तथा कला–संस्कृतिको संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव गत पुस २७ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएको थियो । समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले यस्ता महोत्सवहरूले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । यस्तै प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले महोत्सवले जिल्लाको आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुगेको उल्लेख…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
