Author: eKhasyauli.com
बुधबार, २ बैशाख २०८३ । काठमाडौँ : मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न साढे ४ बजे बस्ने भएको हो। बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विषयहरूमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ। सरकारले संसद्मा उपस्थित ६ वटै दलको घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ सार्वजनिक गरेको छ। हिजो उक्त प्रतिबद्धतापत्र सार्वजनिक भएसँगै आज बस्ने तय भएको मन्त्रिपरिषद्को बैठकलाई विशेष प्राथमिकताका साथ हेरिएको छ।
बुधबार, २ बैशाख २०८३ । अर्घाखाँची : शितगंगा नगरपालिकाले सार्वजनिक, ऐलानी तथा सरकारी जग्गा संरक्षणका लागि सबै नगरवासीकाे ध्यान जानुपर्ने बताएकाे छ। बैशाख २ गते प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकाेटाद्वारा हस्ताक्षरित गरि जारी गरिएको सूचनामा सार्वजनिक सम्पत्ति अतिक्रमण नगर्न नगरवासीलाई आग्रह गरिएको छ। नगरपालिकाका अनुसार नेपाल सरकारको नीतिअनुसार सार्वजनिक तथा सरकारी जग्गाको संरक्षण, अतिक्रमण नियन्त्रण र अवैध संरचना हटाउने कार्यलाई प्राथमिकतामा राखेकाे बताईएकाे छ । सोहीअनुसार शितगंगा नगरपालिकाभित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गाको संरक्षणका लागि प्रभावकारी कार्यान्वयन गरिने जनाइएको छ। सूचनामा कसैले पनि सार्वजनिक वा सरकारी जग्गामा अवैध कब्जा गर्ने, घर–टहरा वा अन्य संरचना निर्माण गर्ने जस्ता कार्य नगर्न स्पष्ट…
बुधबार २ बैशाख २०८३ । काठमाडौं : एपोलो हाइड्रोपावर लिमिटेडले चैत २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता साधारण शेयर नेपाल…
बुधबार २ वैशाख, २०८३ । काठमाडौं : आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर कार्यक्रम मनाउन लागिएको हो । व्यक्तिको कानुनी पहिचान, नीति निर्माण र राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि व्यक्तिगत घटना दर्ता महत्त्वपूर्ण आधारको रूपमा रहेको छ । यसैकारण सबै स्थानीय तहले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउन लागेका हुन् । त्यसक्रममा विद्यालय तथा स्थानीय सङ्घ संस्थाले व्यक्तिगत घटना दर्ताको महत्त्वबारे सचेतना अभिवृद्धिका साथै विविध कार्यक्रम आयोजना गर्ने विभागले जनाएको छ ।…
मंगलबार, १ वैशाख २०८३। काठमाडौं : आजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन रहेका छन् । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति…
साेमबार ३० चैत्र २०८२ । काठमाडौं : संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको स्वकीय सचिवको योग्यता निर्धारण गरी व्यवस्थित गरिने भएको छ। संघीय संसद सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ। सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा सोमबार बसेको बैठकले उक्त विषयमा आवश्यक कानुनी व्यवस्था गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारी, संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव, राष्ट्रिय सभाका सचिव तथा संघीय संसद सचिवालयका सचिवहरूको सहभागिता रहेको थियो।
आईतवार २९ चैत्र २०८२ । काठमाडौं : चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर निस्कासन (आइपिओ) गर्ने भएको छ। कम्पनीको आइतबार सम्पन्न पहिलो साधारणसभाले ‘आइपिओ’ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ रहेको छ। साधारण सभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र छ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए। निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन्। साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ ।…
आईतवार २९ चैत, २०८२ । काठमाडौं : पाकिस्तानको राजधानी इस्लामावादमा इरान र अमेरिकाबीच चलिरहेको युद्धविराम वार्ता दोस्रो दिन आइतबार पनि लम्बिएको छ। ह्वाइट हाउसका एक अधिकारीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले यो प्रत्यक्ष वार्ता १५ घण्टादेखि जारी रहेको र अझै चलिरहेको जनाएका छन्। इरानी सरकारले पनि केही मतभेदहरू बाँकी रहे तापनि वार्ता अघि बढिरहेको स्पष्ट पारेको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धले मध्यपूर्वलाई मात्र नभई विश्व अर्थतन्त्रलाई नै धक्का दिएको थियो। तर, पाकिस्तानको मध्यस्थतामा अप्रिल ८ मा दुई हप्ताको अस्थायी युद्धविराम लागू भएपछि यी वार्ताहरू सुरु भएका हुन्। ४७ वर्षपछिको ऐतिहासिक आमनेसामने सन्…
शनिबार, २८ चैत २०८२ । बुटवल : मोटोपनाबाट आजिवन सुरक्षित रहन र कम समयमा मोटोपन घटाउन पूर्ण निर्देशनको आवश्यकता पर्छ । मोटोपनाबाट सुरक्षित रहने र यसबाट मुक्ति पाउने के के उपाय छन् ? आत्म मन्थन: म मोटोपनाबाट किन ग्रस्त छु र म यससँग लड्न तयार छु ? जस्ता आत्ममन्थन गर्नुपर्छ । निरन्तरको प्रयास, आफू र आफ्नो चिकित्सकसँगको विश्वास र धैर्यताले मोटोपन नियन्त्रण गर्न सकिन्छ । आफू सुन्दर, तन्दुरुस्त, स्लीम देखिने लोभ सफलताको मुख्य आधार हो । आत्मा नियन्त्रण: घरमा पाहुना आउँदा धेरै प्रकारका खाना बनाइएको हुन्छ । तपाईं पनि त्यसको मज्जा लिनुहुन्छ । बच्चा र युवा वर्ग टेलिभिजन हेर्दा विस्कुट, चिप्स, कोल्ड…
शनिबार २८ चैत २०८२ । काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि छेडखानी गर्दै जनताले पाएका हक अधिकार खोस्ने गतिविधि भए सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन्। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक ढंगले सहयोग हुने भन्दै संविधानमाथि छेडखानी र राष्ट्रिय हितमाथि कहीँकतैबाट आँच आउन थाले सडक र सदनबाट प्रतिवाद गर्ने बताए। अहिले विद्यार्थीहरूको हक अधिकार र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै प्रचण्डले लामो संघर्ष, ठूलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
