Author: eKhasyauli.com

आईतवार २२ चैत्र २०८२ । काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट प्रवाह हुने सेवामा कुनै पनि प्रकारको विभेद, दुव्र्यवहार र अनियमितता नगर्न निर्देशन दिएको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी मातहतका निकायबाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई थप संवेदनशील, सहज, पहुँचयोग्य र प्रभावकारी बनाउने उद्देश्यले सेवा प्रवाह प्रक्रियामा कुनै पनि प्रकारको अनियमितता, गैरकानुनी शुल्क असुली, विचौलियाको संलग्नता तथा सम्पूर्ण सेवाग्राही र विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कमजोर अवस्थाका समुदायलाई अपमानित, असुरक्षित वा असहज बनाउने कार्यहरूलाई कडाइका साथ निषेध गरिएको जनाएको छ । मन्त्रालयले भनेको छ, “मानव अधिकार, समानता र सामाजिक न्यायको…

Read More

आईतवार २२ चैत्र, २०८२ । काठमाडौँ : साप्ताहिक कारोबारको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । आइतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्तिममा १०५.५० अंक घटेको हो । अघिल्लो दिनको तुलनामा ३.७९० प्रतिशतले घटेर समग्र नेप्से २ हजार ६ सय ७६.६८ अंकमा ओर्लेको छ । कारोबारमा आएकामध्ये ७ कम्पनीको मूल्य बढ्यो भने २६१ कम्पनीको घटेको छ । आइतबार कुल १ लाख ४१ हजार ३६ पटकको सेयर किनबेचमा ३ करोड १२ लाख ६ हजार १ सय ६२ कित्ता सेयर खरिदबिक्री भए । ती किनबेचमा १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँको सेयर कारोबार भएको…

Read More

सनिवार २१ चैत २०८२ । काठमाडौं : काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको छ । गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेको एसएसपी थापाले बताए । ‘ठमेल, विमानस्थल लगायतका क्षेत्रामा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायतका १९५ जनालाई नियन्त्रणमा लिएका छौं,’ एसएसपी थापाले भने ।उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

सनिवार २१ चैत्र २०८२ । काठमाडौं : शंकर समूहका अध्यक्ष शंकर अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार साँझ पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण विभागमा बयानपछि उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको छ। यसअघि बिहीबार व्यवसायी दीपक भट्ट पनि पक्राउ परेका थिए। जानकारी अनुसार उनीहरूमाथि पब्लिक लिमिटेड कम्पनीको स्रोत दुरुपयोग गरी सेयर बजार, बिमा र जलविद्युत् क्षेत्रमा प्रभाव विस्तार गरेको आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले बताएको छ।

Read More

शुक्रबार २० चैत,२०८२। काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । यसअघि १८७ रुपैयाँ थियो । यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ । यस्तै पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १८४ रहेकामा अब १९९…

Read More

बिहीबार१९ चैत,  २०८२। काठमाडौं : बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । अघिल्लो दिन ७४.७३ अंक घटेको बजार आज ५.८२ अंक बढेको हो । आजको कारोबारपछि नेप्से २७८२ अंकमा कायम भएको छ । आज बजार खुलेपछि केही उतारचढावका बीच दिउँसो १ ः ०७ बजे नेप्से परिसूचक २८०८ अंकसम्म पुग्यो । जुन अंक कारोबार अवधिभरको अधिकतम रह्यो । बजारमा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १२ अर्ब १० करोडको कारोबार भएकोमा आज ८ अर्ब ८१ करोडको भयो । ९८ कम्पनीको मूल्य बढ्यो, १५८ को घट्यो भने १२ को स्थिर रह्यो । व्यापार सबैभन्दा धेरै २.५३ प्रतिशत बढ्यो…

Read More

बिहीबार, १९ चैत २०८२ । काठमाडौं : सरकारले सरकारी खर्चमा मितव्ययिता कायम तथा सूचना प्रकाशन प्रक्रियालाई पारदर्शी र एकरूप बनाउन भन्दै सरकार सञ्चार माध्यममामात्र विज्ञापन प्रकाशन प्रकाशन गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले जारी गरेको पत्रअनुसार अब सार्वजनिक निकायहरूले आफ्ना सूचना तथा विज्ञापनहरू सरकारी सञ्चार माध्यममार्फत मात्र प्रकाशन तथा प्रसारण गर्नुपर्ने छ। शाखा अधिकृत विनोद रेग्मीले सचिवस्तरबाट बुधबार भएको निर्णयअनुसार संघ, प्रदेश र स्थानीय तहका सबै निकायहरूले प्रेषित गरेका छन् । उक्त पत्रअनुसार अब सरकार विज्ञापन र सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल र नेपाल टेलिभिजन जस्ता सरकारी स्वामित्वका सञ्चार माध्यममै प्रकाशन गर्नुपर्ने छ । त्यस्तो प्रकाशन…

Read More

बुधबार, १८ चैत्र २०८२ । काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले भदौ २४ गते सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउनेलाई पनि कारबाही हुनु पर्ने भनाइ राखेका छन्। डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने र हिम्स्रक बनाउनेहरूलाई कारबाही हुनुपर्ने उनले बताए। ‘डिस्कोर्डमा योजना बनाएर बालबालिकालाई स्कुल ड्रेसमा आन्दोलनमा बोलाउने, शान्तिपूर्ण आन्दोलनलाई भड्काउने हिम्स्रक बनाउने र २४ गते सिंहदरबार, संसद भवन र सर्बोच्च अदालत योजनाबद्ध जलाउनेलाई पनि कारवाही हुनु पर्छ!’ उनले सामाजिक सञ्जालमा लेखे।

Read More

मंगलबार,१७ चैत २०८२। काठमाडौं  : संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संघीय संसद्को अधिवेशन आह्वान भएसँगै संसद सचिवालयले सर्वदलीय बैठक बोलाएको हो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सांसदहरूको पहिलो बैठक १९ चैत दिउँसो २ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार बुधबार दिउँसो १ बजे सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि सर्वदलीय बैठक बस्नेछ । बैठकमा सबै दलका प्रतिनिधि, सरकारका प्रतिनिधि र संघीय संसद् सचिवालयका अधिकारीहरू सहभागी हुनेछन् । प्रतिनिधिसभाको अबको बैठकले सभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउनेछ । यसका अलावा…

Read More

साेमबार, १६ चैत्र २०८२ । काठमाडौं : इरानसँगको करिब एक महिना लामो युद्धका कारण दबाबमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध अमेरिका तथा विश्वभर विशाल प्रदर्शन भएका छन्।  गत शनिबार आयोजित तेस्रो ‘नो किङ्स र्‍याली’ मा आयोजकहरूका अनुसार ८० लाखभन्दा बढी मानिस सहभागी भएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका सबै ५० राज्यमा तीन हजार ३०० भन्दा बढी स्थानमा यी प्रदर्शन आयोजना गरिएका थिए। यसलाई अमेरिकी इतिहासको एकै दिनमा भएको सबैभन्दा ठुलो प्रदर्शनमध्ये एक मानिएको छ। गत वर्ष अक्टोबरमा भएको दोस्रो ‘नो किङ्स’ प्रदर्शनभन्दा यस पटक करिब १० लाख बढी सहभागिता रहेको आयोजकहरूले बताएका छन्। प्रदर्शनकारीहरूले इरानसँगको बढ्दो तनाव, कडा आप्रवासन…

Read More