बुधबार फागुन ६, २०८२
अर्घाखाँची: मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ।
बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवाला निकाय तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।
बैठकमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउने विषयमा छलफल गर्दै आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना, मतदातालाई सहज वातावरण सिर्जना तथा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न विशेष जोड दिइएको थियो। लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले एकमत व्यक्त गरेका छन्।
Related Posts
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
© 2026 Ekhasyauli. Designed by Ignite Infosys Pvt Ltd.

