शुक्रबार, ।
मन्त्रालयका अनुसार जेठ २२ गते १६ जना र जेठ १३ गते २ जना उच्च कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।
जसअन्तर्गत निराजन घिमिरेलाई स्याङ्जा, कुमान सिंह गुरुङलाई कास्की, र लक्ष्मी पाण्डे गौतमलाई धादिङको प्रमुख जिल्ला अधिकारीका रूपमा जिम्मेवारी दिइएको छ। यसैगरी, बलराम निरौलालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको प्रमुख अध्यागमन अधिकृत र सिर्जना थपलियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको प्रमुख अध्यागमन अधिकृतको रूपमा पदस्थापन गरिएको छ।
निर्णयअनुसार विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको पनि सरुवा गरिएको छ। ईश्वरी प्रसाद अर्याललाई संखुवासभा, भविश्वर पाण्डेलाई पाल्पा, जगदिश्वर उपाध्यायलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व), श्याम कृष्ण थापालाई सर्लाही र रुद्रा देवी शर्मालाई धनकुटाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। त्यसैगरी मेख बहादुर मंग्रातीलाई उदयपुर, टुवराज पोखरेललाई ओखलढुंगा, बिजयराज सुवेदीलाई सर्लाही, बिनु बज्राचार्य कुँवरलाई रामेछाप, र धर्मराज जोशीलाई सुर्खेतको प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ भने सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई गृह मन्त्रालय, सिंहदरवारमा तानिएको छ।
यसअघि मिति २०८३ जेठ १३ गतेको निर्णय अनुसार गृह मन्त्रालय वा अन्तर्गत रहेका दुई सह-सचिवहरूलाई महत्त्वपूर्ण विभाग र प्राधिकरणमा पदस्थापन गरिएको थियो। जसमा प्रदिप कुमार कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सह-सचिव र कृष्ण पौडेललाई राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको महानिर्देशकको रूपमा जिम्मेवारी तोकिएको थियो।

