आईतवार, २४ जेठ २o८३ ।
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल सीमा विवादका सम्बन्धमा आफ्नो अडानमा स्पष्ट रहेको बताएका छन्।
भारत भ्रमण सकेर आइतबार फर्केपछि विमानस्थलमा पत्रकारहरुलाई जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले ऐतिहासिक प्रमाणका आधारमा सीमाका विषयलाई कुटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सक्षम रहेको स्पष्ट पारे।
‘सीमाको विश्व इतिहास हेर्नुभयो भने पनि लामो समय लाग्ने गरेको देखिन्छ, तर मूलरुपमा हामी हाम्रा अडानमा स्पष्ट छौं। हामी ऐतिहासिक प्रमाणका आधारमा सीमाका विषयलाई कुटनीतिक माध्यमबाट समाधान गर्न सक्छौं र गर्नुपर्छ भन्ने कुरा राखेका छौं,’ उनले भने।

