आईतवार,
बैंकका सातै प्रदेशमा कार्यरत कर्मचारीहरूले उत्साहपूर्वक योगमार्फत स्वास्थ्य अभिवृद्धिसम्बन्धी गतिविधिमा सहभागिता जनाएका थिए। उक्त कार्यक्रमको मुख्य उद्देश्य शारीरिक तन्दुरुस्ती, मानसिक स्वास्थ्य तथा दैनिक जीवनमा योगको महत्वबारे सचेतना अभिवृद्धि गर्नु रहेको बैंकले जनाएको छ।
कार्यक्रमले कर्मचारीहरूलाई क्रियाशील, आपसी सहकार्य तथा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अवसर प्रदान गरेको थियो। काठमाडौंमा आयोजित कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री रामकुमार तिवारीलगायत अन्य वरिष्ठ पदाधिकारी तथा १५० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो।
बैंकले यस किसिमको पहलबाट कर्मचारीहरूको मानसिक स्वास्थ्य, शारीरिक तन्दुरुस्ती तथा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गर्नुका साथै सकारात्मक र जीवन्त कार्यस्थल संस्कृतिमा योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०३ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।

