शुक्रबार ५, असार २०८३ ।
अर्घाखाँची : प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, खोप तथा पोषणसम्बन्धी विषयमा सञ्चार तथा सचेतना कार्यक्रम सन्धिखर्क नगरपालिकाको वडा नं. २ मा सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय, राप्ती उपत्यका (देउखुरी) नेपालको आयोजनामा तथा स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, नियमित खोपको महत्व तथा पोषणसम्बन्धी विषयमा जानकारीमूलक छलफल र सचेतनामूलक सन्देश प्रवाह गरिएको थियो।
समुदायस्तरमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै स्वस्थ समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम सहभागीहरूले उपयोगी र प्रभावकारी रहेको बताएका छन्।
कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय अर्घाखाँची तथा सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखाले गरेको थियो। कार्यक्रममा सहभागीहरूलाई प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, खोप तथा पोषणसम्बन्धी विषयमा जानकारीमूलक प्रस्तुति तथा अन्तरक्रियामार्फत सचेतना प्रदान गरिएको थियो।
कार्यक्रम सनपा २ का वडाध्यक्ष माेतिजंग रायमाझीकाे प्रमुख आतिथ्यता,स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पाेख्रलकाे अध्यक्षता र जनस्वास्थ्य अधिकृत यमुना मरासिनीकाे सञ्चालनमा सम्पन्न भएकाे हाे ।

