बिहीबार, ४ असार २०८३ ।
कपिलवस्तु : नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाद्वारा आयोजित पत्रकारहरूको लागि दक्षता अभिवृद्धि कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालले पत्रकारिता समाज, देश र विकासलाई सही दिशामा डोर्याउने महत्वपूर्ण माध्यम भएको बताउनुभएको छ।
कार्यक्रमका प्रमुख अतिथि अर्यालले विगतको मिसन पत्रकारिता आन्दोलनको रूपमा अघि बढ्दै देश, समाज र विकासका विषयमा नागरिकलाई सुसूचित गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले पछिल्लो समयमा केही सीमित क्षेत्रमा सामाजिक दुस्साहस र विद्रोहका प्रवृत्ति देखिए पनि पत्रकारिताले समाजले मूल्यांकन गर्ने खालको सकारात्मक, तथ्यपरक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
नगर प्रमुख अर्यालले युवाहरू सम्भावनाका केन्द्र भएकाले उनीहरूको ऊर्जावान समयको सही सदुपयोग आवश्यक रहेको बताउँदै समाज रूपान्तरणमा युवा पुस्ताको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आयोजना गरेको “पत्रकारहरूका लागि दक्षता अभिवृद्धि कार्यक्रम” मा महासंघका पूर्व अध्यक्षहरू, सञ्चारकर्मी तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा पत्रकारिताको व्यावसायिक क्षमता विकास, सञ्चार क्षेत्रका चुनौती तथा पत्रकारको जिम्मेवारी सम्बन्धी विषयमा छलफल गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्दै समाजप्रति उत्तरदायी र जनमुखी पत्रकारिता प्रवर्द्धन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताईएकाे थियाे।
पत्रकारको भूमिका र जिम्मेवारीबारे जोड, रचनात्मक पत्रकारिताको खाँचो : नगर प्रमुख अर्याल
Related Posts
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
© 2026 Ekhasyauli. Designed by Ignite Infosys Pvt Ltd.

