साेमबार २५, जेठ २०८३ ।
काठमाडौँ– अवरुद्ध संसद् खुलाउने विषयमा सहमति जुटाउन सर्वदलय बैठक जारी छ।
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको बैठक सार्वजनिक लेखा समितिको हल, संसद सचिवालय, सिंहदरबार, काठमाडौँमा जारी रहेको रास्वपा सचिवालयले जनाएको छ।
यही जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा प्रश्नउत्तर कार्यक्रममा सहभागीका क्रममा नेपाल-भारत सीमाका विषयमा दिएको अभिव्यक्तिबारे चर्को विरोध भइरहेको छ। प्रतिपक्षी दलका सांसद्हरूले सदन अवरोध गरिरहेका छन्। सोही गतिरोध अन्त्यका लागि रास्वपा सभापति लामिछानेले विपक्षी दलसँग छलफल गरिरहेका छन्।
जारी बैठकमा प्रमुख दलका शीर्ष नेताहरू भने अनुपस्थित छन्। यता, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट पनि उपस्थिति छैन।
बैठकमा रास्वपा सभापति लामिछानेले भर्खरै सम्पन्न भारत भ्रमणबारे जानकारीसमेत गराएका छन्।

