![]()
प्रधानमन्त्रीलाई संसद्मा उपस्थित हुन अप्ठ्यारो भएको हो भन्ने प्रश्नमा उनले भने, ‘प्रधानमन्त्रीलाई अप्ठ्यारो हुने भएको भए त सुरुमै त्यहाँ जानु हुँदैन्थ्यो। त्यहाँ प्रस्तुत हुँदाखेरि त सोध्ने प्रश्नहरू नै रहेनन्। एकदमै कम प्रश्नहरू आए, जुन हामीले सोचेका थियौं। जति प्रधानमन्त्रीले प्रश्नहरू आउँछन् भन्ने सोच्नुभएको थियो।’
उनले अगाडि भने, ‘फेरि आवश्यकताअनुसार प्रधानमन्त्रीले अब मैले सदनमा सम्बोधन गर्नुपर्छ जस्तो लाग्यो भने उहाँले गरिहाल्नुहुन्छ। आवश्यकताअनुसार संसद्मा सम्बोधन गर्न उहाँलाई केही अप्ठ्यारो छैन भन्ने कुरा अस्तिको सम्बोधनबाट नै देखियो नि।’
नेपालले पनि भारतको जग्गा मिचेको आशयसहितको अभिव्यक्ति प्रधानमन्त्रीले दिएपछि नियमित संसद् अवरुद्ध हुँदै आएको छ। विपक्षी दलले प्रधानमन्त्री स्वयंले संसद्मा उपस्थित भएर सो अभिव्यक्तिका लागि माफी माग्दै फिर्ता लिएर सच्याउनुपर्ने माग गर्दै आएका छन्।
यसबारे रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने बताएका थिए। उनले प्रधानमन्त्री संसद्मा आउन नसक्ने भन्दै आवश्यक हुँदा आफैंले जवाफ दिने बताएका थिए।
