Author: eKhasyauli.com

२७ माघ २०८२ कपिलवस्तु – शिवराज नगरपालिकाले आफ्नो भविष्य सरकारी सेवामा देख्ने तर महँगो कोचिङ शुल्कले रोकिएका   स्थायी बासिन्दा विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क लोक सेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षाको प्याकेज ल्याएको छ। नगरपालिकाको चालू आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सामाजिक विकास तर्फको ‘शिक्षक सेवा/लोक सेवा कार्यक्रम’ मार्फत यो कक्षा सञ्चालन गर्न लागिएको हो। प्रकाशित सूचनाअनुसार, राजपत्र अंकित प्रथम र द्वितीय श्रेणी (नायब सुब्बा र खरिददार) तथा चौथो र पाँचौँ तहका लागि लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगको तयारी गराइनेछ। साथै, शिक्षक सेवा आयोगको प्रथम र द्वितीय पत्रका लागि तीन महिनाको अनलाइन/भर्चुअल तयारी कक्षा…

Read More

२७, माघ २०८२ । बुटवल – दिप बोडिङ्ग हाई स्कुल बुटवलले बाल प्रतिभा प्रदर्शन कार्यक्रम समपन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा समन्वय इकाई कार्यालय रुपन्देहीका परिक्षा शाखा प्रमुख अमर केसीले दिप बोडिङ्ग हाई स्कुलले गरेका रचनात्मक कार्यक्रम निकै राम्रो र प्रभावकारी रहेको बताए । उनले दिप बोडिङ्ग हाई स्कुलले गरेका कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमहरुलाई निरन्तरता दिदै जानु पर्ने आवश्यकता रहेकाे र विद्यालय स्कुल शिक्षासँगै व्यवहारिक ज्ञान दिनको लागि निकै अगाडी रहेको समेत उनले बताए । किताबी ज्ञान भन्दा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिँदै जान सके निकै सफलता मिल्ने समेत उनले बताए ।…

Read More

साेमबार, २६ माघ २०८२ । काठमाडौं – पाकिस्तानको राजधानी इस्लामाबादमा एक मस्जिदमा भएको विस्फोटमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । शुक्रबारको प्रार्थनाको समयमा भएको विस्फोटमा १६० भन्दा बढी घाइते भएका छन् । सहरको तारलाई क्षेत्रमा रहेको सिया मस्जिदनजिक पुगेपछि एक आत्मघाती बम विस्फोट गराएको प्रहरीले जनाएको छ । इस्लामिक स्टेट (आइएस) समूहले आक्रमणको दाबी गरेको छ । समूहले कथित बम विस्फोटको तस्बिर पनि जारी गरेको छ । आक्रमणको निन्दा गर्दै पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले ‘गहिरो दुःख’ व्यक्त गरे । देशका राष्ट्रपति आसिफ अली जर्दारीले भने, ‘निर्दोष नागरिकलाई लक्षित गर्नु मानवताविरुद्धको अपराध हो ।’ आइएसले जिम्मा लिनुअघि पाकिस्तानी रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणका पछाडि भारत र अफगानिस्तानको हात…

Read More

होटल फरेष्ट इन लिमिटेडले माघ २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (माघ २६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ४ लाख कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, २ लाख कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि र ८० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ। अब भने कम्पनीले दोस्रो…

Read More

खस्याैली साेमबार २६ माघ २०८२ काठमाडौं – निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ। मतदातालाई मताधिकारबारे सचेत गराउने तथा सही मतसङ्केतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ। मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा कार्यक्रम अगाडि बढाइएको आयोगले जनाएको छ। डिजिटल प्लेटफर्ममा भइरहेको सचेतनालाई आयोगले वडास्तरमा पु¥याउने लक्ष्यसहित यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयन गरिरहेको छ। स्वीकृत कार्यक्रम अनुसार प्रत्येक स्थानीय तहका हरेक वडामा एक/एक स्वयंसेवक परिचालन हुनेछन्। सम्बन्धित…

Read More

२६ माघ २०८२ । मुस्ताङ – माथिल्लो मुस्ताङस्थित कोरला नाकाबाट भित्रिएको अवैध सामान बरामद गरिएको छ। लोमान्थाङ–४ छोसेरस्थित न्हेचुमा रहेको मुस्ताङ भन्सार कार्यालय, सशस्त्र प्रहरी बल नेपाल (बिओपी) र इलाका प्रहरी कार्यालय छोसेरको संयुक्त गस्ती टोलीले रु एक लाख १७ हजार बराबरको अवैध सामान बरामद गरेको हो। लोमान्थाङस्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका नायब सुब्बा भोजराज अधिकारी नेतृत्वको टोलीले अवैध सामान बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार कोरला नाकाबाट बरामद गरिएको अवैध सामान न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको जिम्मा लगाइएको छ। यसअघि गत पुस २७ गते कोरला नाकामा रोकिराखिएको मालबाहक कन्टेनर खानतलासी गर्दा…

Read More

साेमबार, २६ माघ,२०८२ । मुम्बई – सन् २०२४ को जुन महिनाको १५ तारिक, नेपालले दक्षिण अफ्रिकासँग टी-२० विश्वकपको खेल खेलेको थियो अनि १ रनले पराजित भएको थियो । त्यसको करिब दुई वर्षपछि आज नेपालले इंग्ल्यान्डविरुद्ध खेल्दा त्यसबेलाभन्दा राम्रो प्रदर्शन गर्‍यो, तर नतिजा भने यसपटक पनि सुखद हुन सकेन । यसपटक नेपाल ४ रनले पराजित हुन पुग्यो । बलिङ र ब्याटिङमा परिपक्क प्रदर्शन गरेपनि दुवै पक्षको फिनिसिङमा फेरि पनि चुक्दा फेरि पनि स्तब्ध हुन पुग्यो । मैदानमा उपस्थित हजारौं दर्शक अनि नेपालमै रहेका लाखौं क्रिकेट समर्थकहरूले फेरि एकपटक ‘हार्टब्रेक’ मोमेन्टको सामना गरे । आईसीसी वरियतामा तेस्रो स्थानमा रहेको इंग्ल्यन्डविरुद्ध जितको निकै…

Read More

साेमबार २६ माघ, २०८२ । काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि १६५ क्षेत्रमा निर्वाचन हुँदैछ । प्रत्येक निर्वाचन क्षेत्रबाट एक/एक जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनिन्छन् । प्रत्यक्षतर्फको निर्वाचनमा राजनीतिक दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यसमध्ये तीन हजार १७ जना पुरुष, ३८८ जना महिला र अन्य समूहका एक जना उम्मेदवार छन् । यो महिला उम्मेदवारीको संख्या ११.३९ प्रतिशत हो । १६५ वटा निर्वाचन क्षेत्रमध्ये ३१ वटा निर्वाचन क्षेत्रमा त महिला उम्मेदवार नै छैनन् । उम्मेदवारहरूको तथ्यांकअनुसार कोशी प्रदेश अन्तर्गतका ९ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार शून्य छ । ताप्लेजुङ,…

Read More

आईतबार, २५ माघ २०८२ । अर्घाखाँची – नेपाल औषधि व्यवसायी संघ अर्घाखाँचीले संस्थाकाे २८औं स्थापना दिवस एक कार्यक्रम गरि सन्धिखर्कमा मनाएकाे छ । संस्थाले स्थापनम दिवसकाे अवसरमा सन्धिखर्क नगरपालिका १ रूब्दी हर्सिङ्खाेर निवासी एक असहाय महिला फूर्सि नेपालीलाई राहत समाग्री बितरण गरेकाे छ । ७० बर्षिय फुर्सी नेपालीकाे स्थाई घर सन्धिखर्क १० बराप भएपनि उहाँका आफन्त छाेरा छाेरीहरूले हेर्न छाडेपछि र श्रीमान पनि बितेपछि उहाँ बिगत ७ बर्षदेखि रूब्दी बस्दै आउनु भएकाे छ । उहाँ अहिले कसैले दिएकाे सहयाेग र बृद्धभत्ताबाट प्राप्त सहयाेगबाट आफ्नाे जीवन निर्वाह गरिरहनु भएकाे छ । उहाँलाई स्थानीय बासीले बाँगी खाेला किनारामा बस्ने बास (झुप्राे) बनाईदिएका…

Read More

शनिबार २४ माघ, २०८२ । काठमाडौं – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुन: सञ्चालनमा आएको छ । जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिबारदेखि पुन: सञ्चालनमा आएको हो । पुन: सञ्चालनमा आएको सो भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा कहिल्यै पनि यस्तो नहोस् भनि भगवानसँग प्रार्थना समेत गरे । जेनजी आन्दोलनको क्रममा भाटभटेनीमा आगो लगाउने काम गरेको घटना दु:खद् भएपनि आफूले त्यसमा पश्चाताप गरेर बस्ने पक्षमा नरहेको उनले बताए । ‘हे भगवान अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् । र आम नेपाली जनतालाई के भन्छु भने अब नेपाल राम्रो होस…

Read More