Author: eKhasyauli.com
माघ २१, २०८२ सन्धिखर्क-अर्घाखाँची जिल्लामा माघ २७ गतेदेखि फागुन २ गतेसम्म एच.पि.भि.खोप सन्चालन हुने भएको छ । खाेप समन्वय समिति तथा सञ्चारकर्मी सँगकाे अन्तरक्रिया कार्यक्रममा खोप समन्वय समिति संयोजक जिवनारायण कोइरालाले शतप्रतिशत नतिजा प्राप्त गर्नेगरी अभियानमा लाग्न आग्रह गर्नुभएको छ । खोपलाई प्रभावकारी तरिकाले सञ्चालन गर्नको लागि सम्पूर्ण तयारी पूरा भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो। विश्वभर महिलाहरूमा पाठेघरको मुखको क्यान्सर गम्भीर स्वास्थ्य समस्याका रूपमा देखिएको तथ्य सार्वजनिक भएको छ। तथ्याङ्कअनुसार हरेक वर्ष करिब ५ लाख ७० हजार महिलालाई यो रोग लाग्ने र सन् २०३० सम्ममा यो संख्या ७ लाखसम्म पुग्न सक्ने अनुमान गरिएको छ। त्यस्तै,…
माघ २१, २०८२ बुधबार काठमाडौं : नेप्से परिसूचकको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ। अघिल्लो कारोबार दिन मंगलबार १२.५८अंकले घटेको नेप्से परिसूचक यसदिन १.६४ अंकले घटेर २६८१.५० विन्दुमा अडिएको छ। नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ। यसदिन ३२६ स्क्रिप्सको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्ब ४९ करोड ८७ लाख ४२ हजार ९८ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो दिन ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। नेप्से घटेपनि चार कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शन,सुपर माइ हाइड्रोपावर,सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युतको सेयर १०…
२१ माघ, २०८२ । नवलपुर – प्रधानमन्त्री सुशीला कार्कीले यस पटकको निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान गरिएको जानकारी दिएकी छन् । राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी हुन मंगलबार नवलपुर पुगेकी प्रधानमन्त्री कार्कीले पत्रकारहरुसँगको कुराकानीमा सो जानकारी दिएकी हुन् । उनले चुनाव फागुन २१ गते नै सम्पन्न गराउन सरकार क्रियाशील रहेको पनि बताइन् । चुनाव सर्ने हल्लाबारे राखिएको जिज्ञासामा उनले भनिन्, ‘चुनाव सर्दैन, किन सार्नु र ? ३१/३२ अर्ब खर्च हुन्छ, यो बेलामा । सबै निर्वाचनमा त होइन । कसलाई केके अभाव छ, त्यो पूरा गर्दा । भौतिक साधनहरुको अभावहरु पूरा गर्दागर्दै । त्यत्रो खर्च अहिले भइरहेको छ, विभिन्न…
२० माघ, २०८२ अर्घाखाँची – न्युनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रम अन्तरगत अस्पताल अनुगमन मुल्यांकन तथा समीक्षा कार्यक्रम अर्घाखाँची अस्पताल सन्धिखर्कमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयको आयोजना र अर्घाखाँची अस्पताल प्रमुख जगन्नाथ तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशबाट आएको विज्ञ टोलीले माघ १९ र २० गते मुल्यांकन गरि अर्घाखाँची अस्पताल MSS को सुचकाङ्कमा प्रदेश मै अहिलेसम्म ९४ अङ्क प्राप्त गरि तेस्रो स्थान प्राप्त गर्न सफल भएको घोषण गरेको छ । कार्यक्रममा अस्पताल प्रमुख तिवारिले अस्पतालले गरेका ०८२/०८३ मा सञ्चालित कार्यक्रमहरू र आगामी कार्ययोजनाका बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा मुल्यांकन टोलीका प्रमुख बर्दिया अस्पताल प्रमुख…
२० माघ, २०८२ । कपिलवस्तु – कपिलवस्तुको कोईली बनगाईदेखि लक्ष्मणघाट जोड्ने सडक अन्तर्गत बाणगंगा नदीमा रहेको लक्ष्मणघाट पुलमा एक्सपेन्सन प्यानल नहुँदा सवारी सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको छ। विशेषगरी साना सवारी साधन तथा अटो व्यवसायीहरू यस समस्याबाट बढी प्रभावित भएका छन्। पुल निर्माणका क्रममा जडान गरिएका फलामका एक्सपेन्सन प्यानल चोरी भएपछि पुलको बीच भागमा लामो समयदेखि ग्याप (खाली स्थान) रहेको स्थानीयले बताएका छन्। उक्त ग्यापका कारण सवारी आवागमनमा जोखिम बढेको छ भने यात्रुले समेत असहज यात्रा गर्नुपरेको अवस्था छ। समस्या समाधानका लागि अटो व्यवसायीहरूले पटक–पटक माटो, मिस्कट लगायतका सामग्री प्रयोग गरी अस्थायी व्यवस्थापन गर्दै आएका छन्। तर स्थायी समाधान नहुँदा…
२० माघ, २०८२ । काठमाडौँ- निर्वाचन आयोगले दलहरुले समानुपातिक तर्फको बन्द सूचीमा पेश गरेको नामावलीबाट ७६ जनाको नाम हटाएको छ। निर्वाचन सम्बन्धी कानुनले तोकको मापदण्डभित्र नपरेका विभिन्न दलबाट पेश भएका नामलाई आयोगले हटाएको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा परेका २१ जना, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना र निर्वाचन आयोगवाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना छन्। त्यस्तै आयोगले प्रतिनिधिसभाको सदस्य हुनका लागि चाहिने न्युनतम उमेर २५ वर्ष पुरा नभएका ४ जनाको नाम पनि हटाएको छ। मतदाता नामावलीमा नाम समावेश नभएको एक, पिछडिएको क्षेत्रमा नरहेका दुईजना, महिला उम्मेदवार…
२० माघ, २०८२ । काठमाडौँ, औषधी व्यवस्था विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा ८३२ वटा नयाँ फार्मेसी दर्ता गर्दा ७०४ वटा फार्मेसी भने रद्ध गरेको छ । फार्मेसी रद्ध गर्नेमा सबैभन्दा बढी काठमाडौँका २३८ वटा, बिराटनगर शाखाले २१७ वटा बीरगञ्ज शाखाले ११९ वटा र नेपालगञ्ज शाखाबाट १३० वटा भएका छन् । यहि अवधीमा विभागले ७२ वटा नयाँ विदेशी औषधी दर्ता भएको जनाएको छ । विभागको औषधी मूल्यांकन तथा दर्ता महाशाखाले १६६ वटा उद्योगका लागि नयाँ उत्पादन अनुज्ञापत्र प्रदान गरेको जनाएको छ । यस्तै यस्तै उत्पादन अनुज्ञापत्र नबीकरण ९०३ वटा भएको उल्लेख गरेको छ । विभागको अनुगमन मूल्यांकन तथा कानून कार्यान्वयन…
२० माघ, २०८२ दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा अहिले चर्चामा छन्। हालै भारतको राजस्थानमा रहेको उदयपुरमा उनीहरूले विवाह गर्ने खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो। भाइरल भिडियो र पोस्टपछि यो जोडी सोमबार (फेब्रुअरी २) उदयपुरको सिटी प्यालेसमा विवाह बन्धनमा बाँधिने हल्ला फैलियो। तर, बलिउड हंगामा लगायत विभिन्न रिपोर्ट अनुसार यो खबर भाइरल हुने बित्तिकै रश्मिकाले आफैंले अफवाह अस्वीकार गरिन्। उनले बाहिर आएका हल्लाहरू झुटा भएको बताएकी छन्। उदयपुर सिटी प्यालेसमा सजावट देखाइएको इन्स्टाग्राम भिडियो भाइरल भयो, जसमा दुई युवतीले सजावट रश्मिका र विजयको लागि भएको र विवाह सोमबार हुने दाबी गरेका थिए। प्रशंसकहरूले यो जोडी लामो…
२० माघ, २०८२ काठमाडौं- चीनले दलाई लामालाई ग्रामी अवार्ड दिएकोमा विरोध जनाएको छ। भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले आइतबार आफ्नो अडियो पुस्तक ‘मेडिडेसन, दी रिफ्लेक्सन अफ हिज होलिनेस द दलाई लामा’ का लागि उक्त पुरस्कार प्राप्त गरेका थिए। अडियोबुक, कथावाचन र कथावस्तु प्रस्तुतिको विधामा प्रदान गरिएको सांगीतिक पुरस्कारलाई चीनले ‘चीनविरोधी राजनीतिक औजार’ भनेको छ। दलाई लामाले आफ्नो वेबसाइटमा जारी गरेको वक्तव्यमा सो पुरस्कारले ‘साझा विश्वव्यापी जिम्मेवारीको मान्यता’ दिएको बताएका छन्। ‘म यो सम्मान कृतज्ञता र विनम्रताका साथ स्वीकार गर्छु’, उनले भनेका छन्। उता, चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले १४औँ दलाई लामा केवल धार्मिक व्यक्तित्व मात्र…
२० माघ, २०८२ काठमाडौं । भारत र पाकिस्तानबीचको टी–२० विश्वकप खेल नहुँदा विश्व क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ। आउँदो टी–२० विश्वकपमा यी दुई चिरप्रतिद्वन्द्वीबीचको खेल नहुँदा करिब २५ करोड अमेरिकी डलर बराबरको असर पर्न सक्ने अनुमान गरिएको छ। राजनीतिक तनावका कारण भारत र पाकिस्तान सामान्यतः बहुराष्ट्रिय प्रतियोगितामात्र खेल्ने भएकाले उनीहरूको भेटलाई आईसीसी प्रतियोगिताको सबैभन्दा ठूलो व्यावसायिक आकर्षण मानिन्छ। यही कारण आईसीसीले प्रायः दुवै टोलीलाई एउटै समूहमा राख्ने गर्छ। आइतबार पाकिस्तान सरकारले फेब्रुअरी १५ मा कोलम्बोमा तय भएको भारतसँगको खेल नखेल्ने निर्णय सार्वजनिक गरेको थियो। यदि पाकिस्तान यसै निर्णयमा अडिग रहेमा उसले ठूलो आम्दानी गुमाउनेछ भने आईसीसी र भारतको…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
