Author: eKhasyauli.com
माघ १४, २०८२ काठमाडौँ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्दलाई यताउता भड्किन छाडेर नेपाली कम्युनिस्ट पार्टीमै फर्किन आग्रह गरेका छन्। विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट निस्केका चिरञ्जीवी ढकालसहित विभिन्न तहका नेताहरू नेपाली कम्युनिस्ट पार्टीमा स्वागत गर्दै दाहालले यस्तो बताएका हुन्। उनले जेन–जी आन्दोलनपछि चन्द राजनीतिक रूपमा ठूलो तुहिँलोभित्र हराएको टिप्पणी गर्दै इतिहासमा विरलै प्राप्त हुने अवसर गुमाएको बताए। उनले भने, ‘हामीले नेपाली कम्युनिस्ट पार्टी यसै आवेगमा बनाएका होइनौँ। एकताको प्रक्रियामा तपाईंहरूले निकै ठूलो महत्व पाउँदै हुनुहुन्थ्यो।’ दाहालले समाजवादी मोर्चालाई नै नेपाली कम्युनिस्ट पार्टीको रूपमा अगाडि बढाउन चाहेको बताउँदै आफू र माधव नेपालले चन्दलाई निकै ठूलो महत्व दिए पनि उनी विना…
बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार उच्च अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३४ स्टकको १ लाख २१ हजार ९९२ पटकको कारोबारमा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको…
काठमाडौं । छन्द कविता प्रेमीका निम्ति ‘पलेँटी’ ले यसपल्ट भूषिता वशिष्ठलाई प्रस्तुत गर्ने भएको छ । भूषिताले झण्डै सातवर्ष पहिले पनि पलेँटीमा छन्द कविताको अनुष्ठान गरेकी थिइन् । छन्द कविता लयात्मक माधुर्यमा गुञ्जाउन सकिने सुललित साहित्यिक विधा हो । परापूर्वकालमा गेयात्मक कविता संसारभर नै साहित्यको मूल शैली मानिन्थ्यो तर अहिले यो शैली सिमित लयप्रेमी साहित्यिक अनुरागीहरूको रुचिमा बँचेको छ । स्वच्छन्द शैलीका कविताको लहर चलेसँगै छन्द विधालाई कम महत्व दिने प्रचलनले नेपाली छन्द कविता पनि छायामा पर्दै गएको हो । खासमा यो विधा वाचन परम्परामा जीवित बन्ने विधा हो । भाकामै छन्दको जीवन्तता छ । भाकाले छन्दलाई बचाउने र नयाँ…
काठमाडौँ । अहिलेको डिजिटल युगमा फेसबुक स्क्रोल गर्दा होस् वा युट्युब र टिकटकमा भिडिओ हेर्दा नै किन नहोस्, हामीले देख्ने सामग्रीहरू केवल मनोरञ्जन मात्र होइनन् । यो एउटा विशाल र सङ्गठित अर्थतन्त्रको हिस्सा हो, जसलाई क्रियटर इकोनोमी (Creator Economy) भनिन्छ । क्रियटर इकोनोमी अब केवल सीमित वा निस (niche) मार्केटिङमा सीमित रहेन, यो अहिले ब्रान्डहरूले विश्वास निर्माण गर्ने र वृद्धि हासिल गर्ने मुख्य आधार बनिसकेको छ । करिब २५० अर्ब अमेरिकी डलरको विश्वव्यापी बजार बनेको यो इकोनोमीले ब्रान्डहरूले ग्राहकसँग निष्ठा कसरी बनाउने, संलग्नता कसरी बढाउने र व्यवसाय कसरी विस्तार गर्ने भन्ने तरिका नै रूपान्तरण गरिरहेको छ । पहिले केवल इन्फ्लुएन्सरहरूको…
भात खानका लागि यसो गर्नुहोस् सुगरका बिरामीहरुले सबैभन्दा पहिले पथपरहेज गर्ने अर्थात् खानेकुरा बार्ने काम भातबाट शुरु गर्छ । तपाईंलाई चिकित्सकले सुगरको समस्या देखायो भने सबैभन्दा पहिले हामी भात खान छोड्नेतिर लाग्छौं । त्यसो त भात हाम्रो सबैभन्दा मुख्य र मनपर्ने खानामा पर्छ । त्यसैले धेरैजनालाई भात खान छोड्नु पर्दा एक किसिमको तनाव नै हुने गर्छ । तर एक वैज्ञानिक अध्ययनले सुगरका विरामीहरुले भात खान छोडिहाल्नु नपर्ने देखाएको छ । सुगरका रोगीले पनि मज्जाले भात खान सक्छन्। तर त्यसका लागि उनीहरुले भात खाने तरिकामा भने फेरबदल गर्नुपर्ने हुन्छ । तपाईंलाई भात खान मन पर्छ तर यसले रगतको चिनी (ब्लड सुगर)…
एजेन्सी – दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ। दक्षिण अफ्रिकाले ८ खेलपछि वेस्ट इन्डिजलाई टि ट्वान्टीमा हराएको हो। सेन्चुरियन पार्कमा १ सय ७४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १ विकेट गुमाउँदै १३ बल बाँकी रहँदै खेल जित्यो। कप्तान एडेन मार्करामले अविजित ८६ रन बनाए। उनले ९ चौका र ३ छक्का प्रहार गरे। मार्करामले लुआन–ड्रे प्रिटोरियससँग पहिलो विकेटका लागि ८३ रन र रायन रिकेल्टनसँग दोस्रो विकेटका लागि ९३ रनको साझेदारी गर्दै जित सहज बनाए। प्रिटोरियसले २८ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाए । रिकेल्टनले ३२ बलमा १…
प्राडा ब्रजेन्द्र श्रीवास्तव निमोनिया फोक्सोमा हुने संक्रमण हो। यो संक्रमण भाइरस,ब्याक्टेरिया तथा अन्य जिवाणुको कारणले हुन्छ। बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा निमोनिया हुने जोखिम उच्च रहन्छ। कुनै–कुनै औषधीले पनि मानिसमा निमोनियाको जोखिम बढाउँछ। स्टेरोइड लिइरहेका, मिर्गौला प्रत्यारोपण गरेका, पाँच वर्षभन्दा कम उमेरका बालबालिका वा ६५ वर्षभन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकमा निमोनियाको संक्रमण बढी हुनसक्छ। यस्ता व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा हावामा भएका किटाणुहरुले फोक्सोमा संक्रमण गरेर निमोनिया उत्पन्न गराउँछन्। निमोनिया भएका बिरामीमध्ये ४० प्रतिशतमा न्युमोकोक्स नामक ब्याक्टेरियाको कारणले भएको पाइन्छ। शरीरको प्रतिरोधात्मक क्षमता राम्रो भएका व्यक्तिमा पनि निमोनिया हुनसक्छ। एचआईभी संक्रमितमा पनि निमोनियाको जोखिम रहन्छ।…
माघ १४, २०८२ काठमाडौं – नेपाल फार्मेसी परिषद्ले आफ्नो व्यक्तिगत तथा पेशागत विवरण समयमै अद्यावधिक नगर्ने फर्मासिस्ट र फार्मेसी सहायकलाई कुशल अभ्यास प्रमाणपत्र तथा कुनै पनि प्रकारको सिफारिस पत्र नदिने स्पष्ट पारेको छ। परिषद्को नियमावली २०५९ को परिच्छेद ७ नियम ७.२ अनुसार दर्ता भएका फर्मासिस्ट वा फार्मेसी सहायकले पेशा त्यागेमा, कार्यस्थल वा ठेगाना परिवर्तन भएमा एक महिनाभित्र लिखित रूपमा परिषद्लाई जानकारी गराउनुपर्ने व्यवस्था छ। साथै, उनीहरूले आफ्नो कार्य विवरण र अन्य आवश्यक सूचना नियमित रूपमा अद्यावधिक गर्नुपर्ने नियम रहेको छ। परिषद्ले जानकारी गराउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत ‘अपडेट नेम रजिस्ट्रेसन’ प्रणाली प्रयोग गरी नाम दर्ता, कार्यस्थल तथा अन्य विवरण अद्यावधिक गर्न…
माघ १४, २०८२ काठमाडौँ — नेपाली कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने भएका छन् । उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गरिरहेको छ । चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति निर्देशिकामा समेटिएको छ । उपसभापति शर्माले यसबारेमा केन्द्रीय कार्यालयमा चलिरहेको प्रदेश स्तरीय विशेष आन्तरिक छलफल कार्यक्रममा जानकारी गराएका हुन् । माघ १३ गते कर्णाली र सुदुर पश्चिमको छलफल सकिएको छ । आज गण्डकी प्रदेशको छलफल हुँदैछ । छलफलमा सम्बन्धित प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने वर्तमान र निवर्तमान केन्द्रीय पदाधिकारी र सदस्य,…
माघ १४, काठमाडौँ — महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको विमान दुर्घटनामा परी मृत्यु भएको छ । बारामतीमा उनी सवार विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार बारामती विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटना भएको हो । हिन्दुस्तान टाइम्सका अनुसार मुम्बईबाट एक निजी विमानबाट पवार बारामती जाँदै थिए । बारामतीमा अवतरणका क्रममा विमान रनवेबाट चिप्लिएको थियो । विमानमा अजीतका साथै उनका पर्सनल असिस्टेन्ट, सुरक्षाकर्मी र विमान दलका सदस्य थिए । सवार सबैको मृत्यु भएको बताइएको छ ।
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
