Author: eKhasyauli.com

शनिबार १९ वैशाख २०८३ । काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मानवता, मानवीय जिम्मेवारी र दीगो समाधानतर्फ सरकार गम्भीर बन्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई विस्थापित सुकुम्बासीका लागि ‘ज्ञ’ क्रान्तिको खाका नै भए पनि ल्याउन अनुरोध गरे। २०७५ सालमा बारा–पर्सामा आएको भीषण आँधीले २८ भन्दा बढी नागरिकको ज्यान लिएको, ११५० भन्दा बढी घाइते र झण्डै २५०० घरमा क्षति र हजारौं मानिस घरबारविहीन बनेको उनले स्मरण गरे। त्यो बेला सरकारले छोटो समयमै आवास निर्माण गरी प्रभावित नागरिकलाई पुनःस्थापित गरेको जानकारी उनले दिए। जुन उक्त राज्यको जिम्मेवारीप्रति देखिएको सकारात्मक उदाहरण रहेको उनले जिकिर गरे। तर आज अवस्था फरक देखिएको…

Read More

शुक्रबार १८ बैशाख २०८३ अर्घाखाँची  : विदेश पलायनको लहर बढिरहेका बेला अर्घाखाँचीका दुई युवा व्यवसायीले आफ्नै माटोमा सम्भावनाको बीउ रोपेका छन्। जिल्लाका युवा उद्यमी राजन आचार्य र दिलिप केसीको संयुक्त लगानीमा स्थापना गरिएको ‘कस्तुरी एग्रो रिसोर्ट’ बिहिवार एक समारोहका बीच विधिवत रूपमा सञ्चालनमा आएको छ। रिसोर्टको उद्घाटन प्रतिनिधि सभा सदस्य मा. हरि प्रसाद भुसालले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले युवाहरू विदेशिने क्रम तीव्र भइरहेका बेला आफ्नै जन्मभूमिमा लगानी गरेर स्वरोजगार सिर्जना गर्नु उदाहरणीय र प्रेरणादायी कार्य भएको बताउनुभयो। सन्धिखर्क–१, भेटनरी अस्पतालकाे तलपट्टि सञ्चालनमा आएको रिसोर्टले कृषि र पर्यटन क्षेत्रलाई जोड्दै जिल्लाको आर्थिक समृद्धिमा नयाँ आशा जगाउने विश्वास भुसालले…

Read More

बिहीबार, १७ बैशाख २०८३ । बुटवल : लेखक केशवराज ज्ञवालीको पुस्तक अज्ञातको बुधबार बुटवलमा लोकार्पण गरिएको छ । पाठक मञ्च, बुटवलले एक समारोहका विच पुस्तकको लोकर्पण गरेको हो । न्यू होराईजन माध्यमिक विद्यालयका संस्थापक प्राचार्य लोकनाथ उपाध्यायले पुस्तकको लोकार्पण गरेका हुन । बुटवलका लेखक ज्ञवाली हाल अमेरिकावासी हुन्  ।  अज्ञात पुस्तकमा गोर्खा राज्यको विस्तारमा अनगन्ती अज्ञात मानिसको कथालाई उजागर गर्ने प्रयत्न गरिएको छ । लेखक ज्ञवालीले आफ्नै घरमा पुस्तकको लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले पुस्तक पढेर आलोचना गर्न समेत आग्रह गरे । लेखक अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकको समिक्षा गर्दै पुस्तकले नेपाल राज्य र नेपाल अग्रेज युद्धलाई जोड्दै…

Read More

बिहीबार १७ वैशाख २०८३ । काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सो अध्यादेश जारी गरिएको हो। सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र कानुनी व्यवस्थालाई परिमार्जन गर्न सरकारले अध्यादेशको बाटो रोजेको हो।

Read More

बिहीबार १७ वैशाख २०८३ ।  काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलकी उपविदेशमन्त्री डा. एना इसाबेल जेभियरबीच भेटवार्ता भएको छ। तीन दिने भ्रमणको लागि बुधबार नेपाल आएकी उनले बिहीबार परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेट गरेकी हुन्।भेटका क्रममा मन्त्री खनालले २०८३ वैशाख १ मा पोर्चुगलका समकक्षी पाउलो रान्जेलसँग भएको टेलिफोन वार्तालाप स्मरण गर्दै, काठमाडौंमा पोर्चुगल सरकारको दूतावास स्थापना गर्ने निर्णयलाई स्वागत गरेका छन्। उनले दूतावास स्थापना प्रक्रियामा नेपाल सरकारको पूर्ण सहयोग सुनिश्चित गरिने आश्वासन दिएका छन्। उनले नेपाली नागरिक सम्बन्धी कन्सुलर मुद्दाहरूको सकारात्मक समाधानमा पोर्चुगल सरकारको विचारप्रति प्रशंसा व्यक्त गरे। उपविदेशमन्त्री डा. जेभियरले मन्त्री खनललाई नेपालको परराष्ट्र मन्त्री पदमा नियुक्ति भएकोमा बधाइ…

Read More

बुधबार १६ बैशाख २०८३ । काठमाडौं : राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो । विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो । यसअघि सोमबार सरकारले दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । त्यतिबेला सहकारी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सिफारिस गरेको थियो ।

Read More

 बुधबार १६ वैशाख २०८३ । काठमाडौं : यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ । अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ । यसअघि चैत २५ गते पनि भाडा वृद्धि गरिएको थियो । भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभागले १२ वैशाखमा सहमति दिएको थियो । सोहीअनुसार सार्वजनिक सवारीसाधनको भाडा बढाइएको विभागले जनाएको छ । हाल…

Read More

बुधबार १६, वैशाख २०८३ । काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनाममा भए÷गरेका कामको प्रगति सार्वजनिक गरेको छ।   सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रूपमा डा विक्रम तिमिल्सिनाले जिम्मेवारी सम्हाले यताका कामको प्रगति सार्वजनिक गर्दै मन्त्रालयले प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार भएको जनाएको छ। मन्त्रालयले सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीलाई उच्च प्राथमिकतामा राख्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका सेवा सुधारलाई तीव्रता दिएको जनाएको छ। जसअनुसार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार, डिजिटल सेवा विस्तार, साइबर सुरक्षा तथा प्रशासनिक सुधारका क्षेत्रमा पछिल्लो एक महिनामा गरिएका काम मन्त्रालयले सार्वजनिक गरेको हो। मन्त्रालयका…

Read More

मंगलबार, १५ वैशाख,  २०८३ काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानको म्याद थपका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई पत्र पठाएको छ । त्रिभुवन विश्वविद्यालयसँगको २५ वर्षको सम्झौता सकिन लागेसँगै क्यानले सम्झौता अवधि थपका लागि राखेप र युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएको हो । क्यानको पत्र आइपुगेको र थप छलफल गरेर अगाडि बढ्ने राखेप सदस्य सचिव रामचरित्र मेहताले जानकारी दिए । ‘पत्र आइपुगेको छ । सम्बन्धित निकायहरुसँग छलफल गरेर कसरी अगाडि बढ्ने भन्नेबारे निर्णय लिन्छौं’ उनले भने । क्यानले २०५९ मा राष्ट्रिय खेलकुद परिषद् (राखेप) मार्फत त्रिविसँग सम्झौता गरेको थियो । ठूलाठूला खेल हुँदा महिनौंसम्म विश्वविद्यालयको अध्ययन अनुसन्धानको…

Read More

मंगलबार १५ वैशाख २०८३ । काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङमा अवस्थित चीनको तिब्बतसँग जोडिएको कोरला नाकाको स्थलगत निरीक्षण गरेका छन्।  मुख्यमन्त्री पाण्डेले मंगलबार नाका पुगेर त्यहाँको वर्तमान अवस्था, सुरक्षा व्यवस्था र भावी सम्भावनाबारे जानकारी लिएका हुन्।सचिवालयका अनुसार निरीक्षणका क्रममा उनले सुरक्षा निकायका प्रदेश तथा जिल्ला प्रमुखहरूसँग नाकाको व्यवस्थापनका विषयमा छलफल गरे। कोरला नाकालाई गण्डकी प्रदेशको महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा लिँदै उनले यसले नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गका रूपमा व्यापारिक र पर्यटकीय महत्त्व राख्ने बताए। सो अवसरमा मुख्यमन्त्री पाण्डेले कोरला नाका नेपाल, चीन र भारतलाई जोड्ने छोटो मार्गका रूपमा व्यापार, पर्यटन तथा आर्थिक विकासका दृष्टिले ठूलो…

Read More