Author: eKhasyauli.com
साेमबार १४ वैशाख २०८३ । काठमाडौं : नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। सोमबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उनलाई दलको नेता बनाउने सहमति भएको हो।सो सहमतिलाई अब सिंहदरबारमा बस्ने संसदीय दलको बैठकबाट अनुमोदन गर्ने तयारी छ। कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो। आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन्। कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्य प्रमुख दाबेदार थिए। पार्टीको आन्तरिक किचलोका कारण संसदीय दलको नेता चयनमा ढिलाइ भएको हो ।
आईतवार १३ वैशाख २०८३ । काठमाडौं : हाल निलम्बनमा रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाइएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फाको आर्थिक विषयमा छानबिन गर्न भन्दै अध्यक्ष नेम्वाङसहित पदाधिकारीलाई विदेश भ्रमणमा रोक लगाएको हो। खेलकुद मन्त्रालयमार्फत अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र अनुसार राखेपले कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको थियो। छानबिनका क्रममा राखेपले एन्फा पदाधिकारीको विदेश भ्रमणमा रोक लगाउन खेलकुद मन्त्रालयलाई पत्र पठाएको थियो। खेलकुद मन्त्रालयले गृह मन्त्रालयमार्फत अध्यागमन विभागलाई पत्र पठाएपछि एन्फा पदाधिकारीको राहदानी रोक्का गरिएको राखेपले जनाएको छ। आफ्नो निर्देशनलाई अटेर गर्दै एन्फाले ‘अर्ली…
शनिबार १२, वैशाख २०८३। काठमाडौं : काठमाडौं महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ। गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो। उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ। नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो। आज दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौं महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरीगाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार…
शुक्रबार, ११ बैशाख २०८३ । बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दलित समुदायको सशक्तिकरणका लागि बजेट कार्यक्रम र नीतिगत रुपमा काम गरेको जनाएको छ । जागरण मिडिया सेन्टरले शुक्रबार तिलाेत्तमा नगरपालिकाका जनप्रतिनिधिसँग आयाेजना गरेकाे छलफल कार्यक्रममा विभेदमुक्त नगर : समानतायुक्त नगर भन्ने नारालाई सार्थक बनाउने उदेश्यले कार्यक्रम गरेको बताएका हुन् । उक्त अवसरमा तिलोत्तमा नगरपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीले आफूहरुले तिलोत्तमा नगरपालिकालाई मानव मर्यादाको नगरपालिकाका रुपमा स्थापित गर्ने गरी काम गरेको बताए । उनले दलितमैत्री नगरपालिका बनाउने उदेश्यले समुदायको उत्थान, सिप विकास तथा अधिकार समेत सशक्तिकरण गर्ने गरी कार्यक्रम गरेको बताए । नीति कार्यक्रममै दलित समुदायलाई…
शुक्रबार ११ बैशाख २०८३ । पाल्पा : “श्रमकाे सम्मान, राष्ट्रको अभियान” भन्ने मुल नाराका साथ रिब्दीकोट गाउँपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण तथा सचेतता कार्यक्रम सम्पन्न भएकाे छ । वडा न. ३ को वडा कार्यालय खस्यौली, पाल्पामा सम्पन्न भएको कार्यक्रमकाे रिब्दीकोट गाउँपालिका वडा न.३ का वडा अध्यक्ष नारायण बहादुर के.सी.काे अध्यक्षतामा सम्पन्न भएको हाे । गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीकाे प्रमुख आतिथ्यता र उपाध्यक्ष कन्ता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालकाे विशिष्ट आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा वार्ड न. ३ का जनप्रतिनिधि, कर्मचारीहरु तथा रोजगार सेवा केन्द्रका कर्मचारीहरु लगायत सम्बन्धित सरोकारवाला पक्षहरुको उपस्थिती रहेकाे थियाे । कार्यक्रममा स्वागत एवं कार्यक्रम सम्बन्धी प्रस्तुतिकरण…
शुक्रबार ११ बैशाख २०८३ । अर्घाखाँची : भूमिकास्थान नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा आईतबारदेखि शुक्रबार सम्मै नियमित पठनपाठन सञ्चालन गर्ने भएकाे छ । नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनाअनुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियानसँगै विद्यालय सञ्चालनलाई व्यवस्थित बनाउन यस्तो निर्णय बताईएकाे छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट प्राप्त पत्र, नेपाल सरकारको प्रकाशित सूचना तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार प्राप्त अधिकारका आधारमा नगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी निर्णय गरेको जनाएको छ। नगरपालिकाका अनुसार अब विद्यालयहरू आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा सञ्चालन गर्नुपर्नेछ। साथै, शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन नियमित कक्षाको व्यवस्था गर्न सबै विद्यालयलाई आग्रह गरिएको छ। नगर प्रमुख झविलाल…
बिहीबार १० वैशाख २०८३ । काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्याेगी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा अनुसन्धानका लागि गोल्छालाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोज केसीले बताए । धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतका आधारमा गोल्छा समेतको मिलेमतोमा धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । विभिन्न बीमा कम्पनीको फन्ड विभिन्न कम्पनीको सेयरमा चलखेल गर्न प्रयोग हुने गरेको प्रतिवेदन धितोपत्र बोर्डले तयार पारेको थियो । विवादित व्यवसायी…
बुधबार ९ वैशाख २०८३ । काठमाडौं : गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएकाे घाेषणा गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहसँगको छलफलपछि उनले सामाजिक संजालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।पछिल्लो समय व्यवसायी दिपक भट्टसँग विभिन्न व्यवसायमा साझेदारी रहेको, जेन्जी आन्दोलनपछि ५० लाख बढीको सेयर खरिद गरेको, फेवातालको अतिक्रमित जग्गा भाडामा लिएर व्यवसाय संचालन गरेको लगायतका विषयमा उनी संलग्न रहेको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।उनले फेसबुक मार्फत लेखेका राजीनामा यस्तो छ : ‘म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी…
बुधबार ९ बैशाख २०८२ । काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुटको सुविधा कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। विभागले एक सार्वजनिक सूचना जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई कानुन बमोजिमको छुट उपलब्ध गराउन कडा पत्राचार गरेको हो। २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबीच भएको सहमति अनुसार विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ। तर, पछिल्लो समय सरकारको ‘हेलो सरकार’ पोर्टल र विभागको ‘गुनासो पेटिका’ मा विद्यार्थीहरूले परिचयपत्र देखाउँदा पनि छुट नपाएको र व्यवसायीले दुर्व्यवहार गरेको भन्दै धेरै गुनासाहरू दर्ता…
बुधबार, ९ वैशाख २०८३। काठमाडौं : प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर रहेको तथ्य सार्वजनिक भएसँगै चौतर्फी आलोचना खेपिरहेका गुरुङ प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् । यसै विषयलाई लिएर सुधन गुरुङलाई पदबाट राजीनामा दिन दबाब छ ।
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
