Author: eKhasyauli.com

शनिबार २८ चैत्र २०८२ । काठमाडौं : मध्यपूर्वमा जारी युद्ध र तनाव अन्त्य गर्न संयुक्त राज्य अमेरिका र इरानबिच पाकिस्तानको इस्लामावादमा औपचारिक वार्ता सुरु भएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको मध्यस्थतामा दुई देशबिच हाल अप्रत्यक्ष रूपमा छलफल अघि बढेको हो। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शनिबार इस्लामावादमा पाकिस्तानी प्रधानमन्त्री सरिफ र आन्तरिक मन्त्री मोहसिन नाक्वीसँग भेटवार्ता गरेका छन्। उपराष्ट्रपति भान्ससँगै अमेरिकी विशेष दूत स्टिभ विट्कफ र जारेड कुश्नरले समेत शान्ति प्रक्रियाका विभिन्न पक्षबारे छलफल गरेका हुन्। इरानी अधिकारीहरूले पनि प्रधानमन्त्री सरिफसँग छुट्टै भेटवार्ता गरेका छन्। इरानी सञ्चारमाध्यम फार्स र तस्निमका अनुसार प्रारम्भिक वार्ताहरूमा भएको प्रगति र लेबनानको बेरुतमा सैन्य आक्रमणमा आएको…

Read More

शुक्रबार २७ चैत २०८२ । काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न चार प्रकारका सुविधा थप वा स्तरोन्ति गर्न गर्न देशैभरका विमानस्थल कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयका सचिव मुकुन्द्रप्रसाद निरौलाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र लेख्दै विमानस्थलहरूको सेवा गुणस्तर सुधार सम्बन्धी निर्देशन दिएका हुन् । उनले २४ घण्टाभित्र ती सेवा थप वा स्तरोन्नति गर्न निर्देशन दिएका हुन् । विमानस्थलहरूमा स्तनपान तथा शिशु हेरचाह कक्ष स्थापना गर्न मन्त्रालयले निर्देशन दिएको छ । सफा, सुरक्षित तथा गोपनीयता सुनिश्चित भएको स्तनपान/बेबी–चेन्जिङ कक्ष सञ्चालन गर्न वा आवश्यकता अनुसार स्तरोन्नति गर्न मन्त्रालयले भनेको हो । बिरामी तथा विशेष आवश्यकता भएका यात्रुका लागि…

Read More

शुक्रबार २७ चैत्र २०८२ । काठमाडौं : वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट ‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ। ‘यहाँ श्रम गरिन्छ’, ‘श्रम स्वीकृतिसम्बन्धी कार्य गरिन्छ’, ‘श्रम अनलाइन फारम भरिन्छ’ वा अन्य ‘श्रम’ सम्बन्धी भ्रमपूर्ण सूचनाले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने गरेको भन्दै विभागले ती सूचना तत्काल हटाउन निर्देशन दिएको हो। श्रम स्वीकृतिसम्बन्धी वैदेशिक रोजगार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको विभागले जनाएको छ। विभागले आज सूचना जारी गर्दै उक्त काममा भ्रम सिर्जना गर्ने गरी हुने खालका लेखन तथा प्रचारप्रसार…

Read More

बिहीबार २६ चैत २०८२ । काठमाडौं : संघीय संसद्का दुवै सदनको चालू अधिवेशन चैत २७ गते शुक्रबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अधिवेशन अन्त्य गरेका हुन्। त्यसअघि शुक्रबार दिउँसो ३ बजे राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। सोही दिन प्रतिनिधिसभाको उपसभामुख चयनका लागि निर्वाचन हुनेछ।

Read More

 विह२६ चैत २०८२ । काठमाडौं : मन्त्री पदमा बहाल भएको १४ दिनमै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदीय भूमिकाबाट बर्खास्त गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्री साहको विषयमा उठेका जानकारी सहित सिफारिस गरेपछि प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार पदमुक्त गरेका हुन् । मन्त्री साहले पदीय दुरुपयोग गरेर आफ्नो श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियमितता दिने कार्य गरेसँगै उनी विवादमा परेका थिए । पदमुक्त साहले आफ्नो श्रीमतीलाई जिम्मेवारी दिनका लागि रास्वपाको विधान उल्लंघन गरेका थिए । रास्वपाको विधान ७१ ले परिवारका सदस्यलाई नियुक्त गर्न निषेध गरेको छ । विधानको धारा…

Read More

मंगलबार, २४ चैत २०८२ । काठमाडौं : मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ । सुरुवाती कारोबारका क्रममा बजार बढे पनि ११ : ५० बजेपछि केही तल झर्‍यो । कारोबार सुरु भएको १० मिनेटमै नेप्से २७९२ अंकसम्म पुगेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन १० अर्ब ९२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ७३ करोडको मात्रै भयो । धेरैजसो कम्पनीको मूल्य घटेको छ । ८२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने १२ को…

Read More

मंगलबार २४ चैत्र २०८२ । काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पेट्रोलियम आपूर्ति सहज बनाउन ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीको प्रयोग बढाउन सरकारको आह्वान गरेको छ । मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले १५ दिनयता पेट्रोलियम पदार्थको आपूर्तिका कारण आयल निगम ११ अर्बभन्दा बढी घाटामा गएका कारण मूल्य समायोजन गर्नुपरेको बताइन् । अहिले पूर्वाधार विकास कर प्रतिलिटर १० रुपैयाँ लाग्ने गरेको छ ।

Read More

साेमबार २३ चैत, काठमाडौं :  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी २६ गते भित्र अनुसन्धान गरिसक्न आदेश दिएको छ । न्यायाधीशहरु विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले ओली र लेखकलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । तर सर्वोच्चले २६ चैत (बिहीबार) भित्र अनुसन्धान टुङ्गिन नसके उनीहरूलाई थुनामुक्त गर्नू भनेको छ । सर्वोच्चले भनेको छ, ` ओली र लेखकलाई फौजदारी कार्यविधी सहिताको प्रक्रिया पूरा गरि हिरासतमुक्त गरि थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरि जे जो गर्नू गराउनु ।´ भदौ २३ को जेनजी आन्दोलनमा १९ जनाको ज्यान जानेगरी बल प्रयोग भएको र त्यसलाई रोक्न प्रयास नभएको…

Read More

साेमबार २३ चैत २०८२ । काठमाडौँ : निजी विद्यालयले भर्ना, वार्षिक शुल्कलगायत शीर्षकमा जथाभावी शुल्क लिएको भन्दै अभिभावकले शिक्षा मन्त्रालय, स्थानीय तहदेखि विभिन्न निकायमा उजुरी र गुनासो गरेका छन् । एक शैक्षिक सत्र सकिएर नयाँ शैक्षिक सत्र सुरू हुने बेला सबैभन्दा बढी निजी विद्यालयले लिने शुल्कका विषयमा उजुरी आएको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता तथा सहसचिव शिवकुमार सापकोटाले जथाभावी शुल्क नलिन आइतबार विज्ञप्ति जारी गरेर सचेत गराएका छन् । शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र भारी शुल्क असुली गर्ने गरेको सप्रमाण तथ्य बाहिरएका सम्बन्धमा मन्त्रालयको ध्यानार्कषण भएको जनाइएको छ । सर्वोच्च अदादलले समेत गत साता शैक्षिक…

Read More

 साेमबार २३ चैत २०८२ ।  धनगढी : सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली कांग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् ।  सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् । पूर्व आन्तरिक तथा मामिला मन्त्रीसमेत रहेका भट्टलाई आजै पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । जसका लागि साँझ ५ बजेको समय तय गरिएको छ । गत असारदेखि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी स्वयम् मुख्यमन्त्री शाहले  सम्हालिरहेका थिए । आर्थिक विवादमा परेपछि तत्कालीन वनमन्त्री नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए

Read More