Author: eKhasyauli.com
साेमबार १६ चैत, २०८२ । काठमाडौं : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्ध चलेको भ्रष्टाचार मुद्दामा बहस नोट पेश गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मुद्दाका दुवै पक्षलाई बहस नोट पेश गर्न आदेश दिएको हो । अख्तियारले पतञ्जलि प्रकरणमा हदबन्दीभन्दा बढीको जग्गा बिक्री र सट्टापट्टा गर्न दिएर भ्रष्टाचार भएको आरोपहरु लगाएको थियो । हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न र गराउन गलत लिखत तयार गरेको उसको आरोप थियो । अख्तियारले त्यो आरोपमा मालपोत कार्यालय काभ्रेका कर्मचारीहरु मुद्दा चलाएको थियो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ अनि…
आइतबार १५ चैत २०८२ । काठमाडौं : विद्यालय तथा उच्च शिक्षामा भर्नाका लागि सरकारले प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स बन्द गराउने निर्णय गरेको छ। शिक्षामन्त्री सस्मित पोखरेलले आगामी बैशाख १ गतेदेखि लागुहुने गरी यस्तो निर्णय गरेका हुन्। यसले शिक्षाको समतामुलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र बिद्यार्थीलाई आर्थिक भार समेत पार्ने भएकाले बन्द गरिएको मन्त्रालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ। यसको जिल्ला प्रशासन कार्यालयलाई अनुगमनको जिम्मेवारी दिइएको छ।
आईतवार, १५ चैत २०८२ । काठमाडौ : नयाँ सरकारप्रति सेयर लगानीकर्ता उत्साहित हुन सकेका छैनन् । नयाँ सरकार गठनपछिको पहिलो कारोबारमै सेयरबजार परिसूचक नेप्से ७१ अंकले घटेको छ । आइतबार नेप्से ७१.०५ अंकले घटेर २ हजार ८७९.११ विन्दुमा कायम भएको हो । आज सेयरबजारमा ३३३ कम्पनीका सेयर कारोबार भएका छन् । यी मध्ये १० कम्पनीका सेयरमूल्य बढेका छन् भने २५५ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरबजारमा ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता सेयर १५ अर्ब ३ करोड ३३ लाख ११ हजार रुपैयाँमा किनबेच भएको छ । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमा सबै समूहको परिसूचक ओरालो लागेका छन्…
आईतवार, १५ चैत २०८२ । काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई हिरासतमा राख्न माग गरिएको अनुमतिलाई मनासिव भनेको छ । न्यायाधीश आनन्दकुमार श्रेष्ठको इजलासले जरुरी पक्राउ पुर्जीको अनुमति मागलाई स्वाभाविक भन्दै त्यसको समर्थन गरेको हो । अनि जिल्ला अदालतले शुरुको मितिदेखि लागू हुनेगरी पाँच दिन म्याद थपेको हो । सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘ओली र लेखकलाई हिरासतमा राख्न अनुमति माग गरेको र व्यहोरा मनासिव देखिँदा हिरासतमा राखी लेखिए बमोजिमको कार्यहरू सम्पन्न गर्ने प्रयोजनको लागि ५ (पाँच) दिनको म्याद थपको अनुमती प्रदान गरिदिएको छ ।’ आरोपितहरूको बयान गर्नुपर्ने, बुझ्नुपर्ने मानिसहरूको घटना विवरण कागज…
शनिबार १४ चैत, २०८२ । काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा प्रहरीले शनिबार बिहान पक्राउ गरेपछी ओलीले प्रतशोधपूर्ण पक्राउ भेनका छन् । आफूलाई पक्राउ पुर्जी लिएर प्रहरी आएपछि उनले वकिलहरुसँग परामर्श गरेका थिए । त्यसक्रममा उनले यस्तो बताएका हुन् । ‘यो पक्राउ प्रतिशोधपूर्ण छ । यसको कानुनी लडाईं लड्छु तपाईंहरू तयारी गर्नुहोस्’ ओलीले वकिलहरूसँग भनेका थिए । उनले पूर्वमहान्यायाधिवक्ता रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँग परामर्श गरेका थिए । ओलीसँगको परामर्शमा रहेका वरिष्ठ अधिवक्ता भट्टराईले यो पक्राउ गैरकानुनी रहेको बताए । ‘यो पक्राउको…
शनिबार १४ चैत २०८२ । काठमाडौँ : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले गुण्डुस्थित घरबाट पक्राउ गरेकाे छ । पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि प्रहरी ओलीलाई पक्राउ गर्न गुण्डु पुगेको थियो । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन–जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राती नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए । यो बीचमा उपत्यकाको सुरक्षा व्यवस्था…
शुक्रबार १३ चैत २०८२ । काठमाडौं : रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर फागुन २१ को चुनावमा भाग लिएका शाह पहिलोपटक…
बिहीबार १२ चैत २०८२ । काठमाडौं : कालिन्चोक हाइड्रोपावर लिमिटेडले चत २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र ८२ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार…
बिहिवार १२ चैत २०८२ । काठमाडौं : नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ । शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे बजे हुने छ । तर संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने शपथको सबै तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शीतल निवासमा…
बुधबार, ११ चैत २०८२ । काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदमा शपथ लिने शुभसाइत जुरेको छ। बालेनले शुक्रबार दिनको १२:३४ मा सपथ लिने शुभसाइत जुराएका छन्। बालेनको सपथ र पदभार ग्रहणका लागि राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालय तयारीसमेत जुटिसकेको छ। स्रोतका अनुसार शीतल निवासमा आयोजना हुने सपथ बालेनले १२:३४ मा लिनेछन्। शपथग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन र १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ पनि पढाइने स्रोतको भनाइ छ। बालेनले सोही दिन पदभारसमेत ग्रहण गर्नेछन्। प्रधानमन्त्री कार्यालयका अनुसार बालेनले २:१५ मिनेटमा पदभार ग्रहण गर्ने साइत जुरेको छ। फागुन…
About Us
याे खस्याैली साप्ताहिकद्वारा सञ्चालित अनलाइन हाे ।
Contact Details
Email- khashyauli@gmail.com
Phone No:- +977-9857070162
Our team
प्रकाशक: देवेन्द्र कुँवर
सम्पादक : विष्णु माया भुसाल
