Author: eKhasyauli.com

बुधबार, ४ चैत २०८२ । काठमाडौं : चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। यसो गरेपछि वर्षभर बालबालिकालाई…

Read More

बुधबार ,४ चैत  २०८२ । काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनको सुरूवात योग–ध्यान कक्षासँगै सुरू भएको छ । ललितपुरको होटल टुलिपमा मंगलबारदेखि अभिमुखीकरण कार्यक्रम सुरु भएको थियो । आजको कार्यतालिका अनुसार अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने कार्यक्रम छ । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरु कार्यक्रममा सहभागी छन् । उनीहरुलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको रास्वपाले जनाएको छ । रास्वपाका…

Read More

मंगलबार, ३ चैत, २०८२ । काठमाडौं : मंगलबार सेयर बजार १३.५१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजारको परिसूचक नेप्से २८१२ अंकमा पुगेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ११ अर्ब ९७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ३ करोडको भयो । १३२ कम्पनीको मूल्य बढ्दा ११३ को घट्यो भने १७ को स्थिर रह्यो । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.५९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.८४, विकास बैंक ०.६४, लगानी ०.६१, उत्पादन तथा प्रशोधन ०.२९ प्रतिशत बढे । फाइनान्स ०.१९, होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३१, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.०३, व्यापार ०.२१ तथा…

Read More

मंगलबार, ३ चैत्र २०८२ । काठमाडौं : गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धलाई असर पुर्याउने किसिमको घटनाका सम्बन्धमा छानविन गरी दोषी उपर आवश्यक कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ । परराट्र मन्त्रालयको पत्रानुसार विस्तृत व्यहोरा संलग्न पत्रबाट अवगत भएको र पत्रमा उल्लेख भएको घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाहीका लागि पठाइएको मन्त्रालयले उल्लेख गरेको छ। मोरङको मनमोहन टेक्निकल इन्टच्यूमा चिनियाँ राष्ट्रपति सि जिनपिङको ‘द गभर्नेन्स अफ चाइना’ भन्ने किताव जलाएको विषयमा चीनले परराष्ट्र मन्त्रालयमार्फत ध्यानाकर्षण गराएको थियो। उक्त घटनाको छानविन तथा कारवाही गर्न काठमाडौास्थित जनवादी गणतन्त्र चीनको दूतावासबाट प्राप्त कूटनीतिक पत्रसहित परराष्ट्र मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। सोही पत्रउपर गृह…

Read More

मंगलबार,  ३ चैत २०८२ । काठमाडौं : चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आइपुग्दा सरकारको सार्वजनिक ऋणभार २८ खर्ब ७८ अर्ब २९ करोड ६७ लाख रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब रुपैयाँ र बाह्य ऋण १५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ। कुल गार्हस्थ उत्पादन (जीडीपी)को आधारमा यस्तो ऋण ४७.१३ प्रतिशत पुगेको देखिन्छ, जसले अर्थतन्त्रमा ऋणको दबाब बढ्दै गएको संकेत गर्छ। चालु आर्थिक वर्षको सुरुवातमा सरकारको कुल ऋण दायित्व २६ खर्ब ७४ अर्ब रुपैयाँ रहेकोमा पछिल्लो आठ महिनामा मात्रै २ खर्ब ४ अर्ब रुपैयाँले वृद्धि भएको छ। सरकारले यस आर्थिक वर्षमा ५…

Read More

मंगलबार, ३ चैैत २०८२ । बुटवल : शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँट गरिएको हो। शिखर पावरले गत फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १८ लाख ४२ हजार ६०० कित्ता आइपीओ जारी गरेको थियो। सो निष्काशनमा २६ लाख ८७ हजार ३४७ जनाले कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २६ लाख ५० हजार ८४७ आवेदन स्वीकृत भएको छ भने बाँकी ३६ हजार ५०० आवेदन रद्द भएको छ। मागभन्दा…

Read More

साेमबार, २ चैत्र २०८२ । अर्घाखाँची ‍‍‌। घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा चालु आर्थिक वर्षमा सञ्चालन गरिएको आधारभूत मन्टेश्वरी तालिम (३९० घण्टे) सम्पन्न भएको छ।जिल्लाभरबाट परेका ७७ वटा आवेदनमध्ये छनोटमा परेका १५ जनालाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त तालिमले शिक्षण पेशामा आबद्ध हुन चाहने व्यक्तिहरूका लागि उपयोगी हुनुका साथै बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै उद्यमशीलता विकास गर्दै स्वरोजगार बन्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ । तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी…

Read More

साेमबार, २ चैत २०८२ काठमाडौं : निर्वाचन आयोगले ११० समानुपातिक सांसदको सूची सार्वजनिक गरेको छ। थ्रेस होल्ड कटाएका ६ राजनीतिक दलले बुझाएको सूची विधिअनुसार नै भएपछि आयोगले सोमबार सांसदको सूची प्रकाशित गरेको हो। केही दिनमै उनीहरूलाई प्रमाणपत्र दिने आयोगको तयारी छ । समानुपातिकतर्फ रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले ४/४ सिट जितेको छ। समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई आयोगले नागरिकता/राष्ट्रिय परिचयत्र र दुईप्रति तस्बिरसहित मंगलबारभित्र आयोगमा सम्पर्क गर्न आयोगले भनेको छ।

Read More

साेमबार, २ चैत्र २०८२। काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोका सदस्य राष्ट्रहरूलाई हर्मुजको जलघाँटी खुलाउनका लागि तत्कालै सैन्य सहयोग गर्न चेतावनी दिएका छन् । सदस्य राष्ट्रहरू अमेरिकाको साथमा खडा नभए नाटो गठबन्धनको भविष्य अन्त्यन्तै खराब हुने चेतावनी पनि उनले दिएका छन् । बेलायती पत्रिका फाइनान्सियल टाइम्ससँगको टेलिफोन संवादमा ट्रम्पले विश्व उर्जा सुरक्षाका लागि हर्मुज क्षेत्र महत्वपूर्ण रहेको बताए ।  यस क्षेत्र हुँदै जाने तेलको ठूलो हिस्सा युरोप र चीनले उपभोग गर्ने भएकाले अवरोध खुलाउने प्रयासमा उनीहरु पनि सहभागी हुनुपर्ने उनले बताए । यसअघि ट्रम्पले अवरोध खुलाउनका लागि आफ्ना सैन्य जहाज पठाउन जापान, चीन, युरोपलगायत देशहरुलाई आव्हान गरेका थिए । तर, धेरै देशले कुनै प्रतिक्रिया दिएका छैनन्…

Read More

साेमबार, २ चैत २०८२ । काठमाडौं : स्वास्थ्य बीमा कार्यक्रममा डिजिटल प्रणाली विस्तार गर्ने लक्ष्यसहित स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य सुरु गरेको छ । बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गर्दै स्वास्थ्य बीमालाई क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाउने तयारी गरेको हो । राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी–पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार सहकार्यपछि स्वास्थ्य…

Read More