Author: eKhasyauli.com

शुक्रबार फागुन १५, २०८२। अर्घाखाँची: जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले फागु पूर्णिमा (होली) पर्व सभ्य, मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासी सबैलाई अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी झविन्द्र भट्टराईले विज्ञप्ति जारी गरि साे जानकारी गराउनु भएकाे हाे । कार्यालयले जारी गरेको सूचनामा फागु पूर्णिमा तथा होली पर्वको अवसरमा आपसी सद्भाव, मेलमिलाप र सामाजिक एकता अभिवृद्धि हुने गरी पर्व मनाउन आग्रह गरिएको छ। पर्वको नाममा कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, बाटोमा हिँड्ने बटुवालाई दुःख दिने, रासायनिक रंग प्रयोग गर्ने, बाटो अवरुद्ध गर्ने, सवारी साधनबाट रकम असुल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता कार्य नगर्न भनिएको छ।…

Read More

बिहीबार फागुन १४, २०८२ । काठमाडौं : मतदाता नामावलीमा नाम भएका जो कोहीले कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका छन्। मतदाता परिचयपत्र साथमा नभएपनि मतदाता नामावलीमा नाम भएका जो कोहीले कुनै पनि सरकारी कागजात देखाएर मतदान गर्न पाउने भएका हुन्। प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ को दफा ४३ तथा दफा ८४ मा मतदाताले मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लिएर जानुपर्ने उल्लेख छ। तर मतदाता परिचयपत्र साथमा नभए नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै पनि कागजात देखाएर मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। सोही निर्देशिका अनुसार…

Read More

सरकारले कम्बोडिया र म्यानमारमा अलपत्र परेका ३०९ जना नेपालीको उद्धार गर्न बजेट र जनशक्ति अभावका कारण कठिन भएको जनाएको छ । आकर्षक जागिरको प्रलोभनमा गैरकानुनी रूपमा म्यानमार पुगेकामध्ये तीन वर्षयता ३९२ नेपालीको उद्धार भए पनि थपको उद्धारमा बजेट र कर्मचारी अभाव रहेको परराष्ट्र मन्त्रालयलपरराष्ट्र मन्त्रालयका अनुसार कम्बोडियामा २४८, म्यानमारमा ३० र थाइल्यान्डलगायत अन्य स्थानमा ३१ जना उद्धारको पर्खाइमा छन् । दक्षिण–पूर्वी एसियामा आकर्षक रोजगारीको प्रलोभनमा गैरकानुनी रूपमा पुगेका नेपाली अनलाइन ठगी धन्दामा फसेका हुन् । तीमध्ये ४८ नेपाली जेलमा छन् । कम्बोडियामा ८० जनाको समूह एक ठाउँमा छ, ३० जना प्रहरी हिरासतमा छन्, बाँकी छरिएको अवस्थामा छन् । परराष्ट्रका अनुसार उद्धारको पर्खाइमा रहेकामध्ये कम्बोडियाको अध्यागमन…

Read More

बुधबार फागुन १३, २०८२ । अर्घाखाँची : राष्ट्रिय जनमाेर्चाका प्रतक्ष तर्फका उम्मेदवार पशुपतिनाथ ढकालले यसपालिको निर्वाचनमा राजमाेलाई मतदान गर्न अनुराेध गरेका छन् । उनले जित हाँसिल गर्ने उद्घोष समेत गरेका छन् । राष्ट्र र जनताको पक्षमा सम्झौताहिन सहयात्रा, कु–शासन, भ्रष्टाचार र विकृतिको अन्त्य तथा नागरिक सचेतनानै आफुहरुको चुनाव जित्ने आधार भएको उनको दाबी छ । बुधबार भूमिकास्थान–५ असुरकोट र ६ को खिल्जीमा आयोजित छुट्टा–छुट्टै चुनावी सभामा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । सभामा नागरिकका गुनासो तथा सुझाव संकलन गर्नुको साथै आफ्ना प्रतिबद्धताहरु नागरिक समक्ष राखेको राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.ले जानकारी दिनुभएको छ । चुनावी अभियानमा राष्ट्रिय जनमोर्चाका नेता शेर…

Read More

बुधबार फागुन १३, २०८२ । अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीले ‘नौं विकास र नौं नीति’ समेटिएको चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार पिताम्वर भुसालले सदरमुकाम सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलनमा किसानलाई निवृत्तिभरण उपलब्ध गराउने, कृषि उपजको बजारीकरणको ग्यारेन्टी गर्ने तथा न्यूनतम समर्थन मूल्य तोकी सरकारले नै खरिद गर्ने लगायतको प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।   प्रतिबद्धता पत्र सार्वजनिक गर्दै कृषक, युवा, विद्यार्थी, उद्यमी तथा आम नागरिकको जीवनस्तर उकास्ने स्पष्ट कार्ययोजना अघि सारेका हुन् । पत्रकार सम्मेलनमा उम्मेदवार भुसालले कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न किसान निवृत्तिभरण कार्यक्रम लागू गरिने बताएका छन् । उनले कृषि उपजले बजार नपाएर किसान निराश…

Read More

बुधबार फाल्गुन १३, २०८२ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाल संकट र उपलब्धिबिच बितेको बताएकी छन्। लोकतन्त्र र संविधानमाथि प्रश्न उठ्ने परिस्थितिमा समेत सभा सञ्चालन गरी संसद्को गरिमा जोगाउने काम भएको उनको भनाइ छ। सभा सदस्यका रूपमा चार र उपाध्यक्ष पदमा दुई वर्ष भूमिका निर्वाह गरेकी घिमिरे यही फागुन २० गतेदेखि बिदा हुँदै छिन्। आफ्नो कार्यअवधिको अनुभव साट्न आज यहाँ आयोजित पत्रकार भेटघाटमा उनले राष्ट्रिय सभालाई अनुभवी र विज्ञहरूको सभाका रूपमा स्थापित गर्ने प्रयासमा नचुकेको बताइन्। उनले राष्ट्रिय सभाको भूमिका, विधेयक निर्माण प्रक्रिया र संसदीय अनुभवबारे धारणा राखिन्। प्रतिनिधि सभा नचलेको अवस्थामा पनि राष्ट्रिय सभाले अध्यादेश…

Read More

मंगलबार फागुन १२, २०८२ । काठमाडौं : चुनाव बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसाय जस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई-चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ ।’ ९ फागुनमा बुटवल पुगेर प्रधानमन्त्री सुशीला कार्कीले चुनाव बहिष्कार समूहमाथि गम्भीर आरोप लगाउँदै बहिष्कार गर्नेलाई चन्दासँग जोडिन् । संगठन नभएकाहरू आफ्नो पार्टीको अस्तित्व राख्न र यही मौकामा आर्थिक उपार्जन लाग्ने भएकाले चुनाव बहिष्कार एउटा अवसर जस्तो भएको संकेत उनले गरिन् । चुनाव बिथोल्न सक्ने समूहको निगरानी गर्दै सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री कार्कीले सुरक्षा निकायलाई निर्देशन दिइन् । प्रधानमन्त्री कार्कीले निर्देशन…

Read More

मंगलबार फागुन १२, २०८२ । काठमाडौं : जय ट्रफी पुरुष एलिट कपमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल एपीएफ क्लबमाथि ९ विकेटको शानदार जित निकाल्दै पुलिस क्लबले पहिलो अंक जोडेको हो। एपीएफले दिएको ११३ रनको सामान्य लक्ष्य पुलिसले एक विकेटको क्षतिमा पूरा गर्यो । उसको जितमा कुशल भुर्तेलले ५३ बलमा नटआउट ७१ र अमित श्रेष्ठले नटआउट ३२ रनको योगदान गरे। सोहिल कुक्वर ७ रनमा भुवन कार्कीको बलमा बोल्ड भए। यसअघि पहिलो इनिङ्समा १८५ रन बनाएको एपीएफले दोस्रोमा २०४ रन जोडेको थियो। उसका लागि दीपक बोहोराले ९४ रनको योगदान दिए । एपीएफले पहिलो इनिङ्समा…

Read More

मंगलबार फागुन १२, २०८२ । काठमाडौँ : अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको मान्तुवामा एक नेपाली परिवारमा विभत्स हत्या भयो ।स्थानीय समयअनुसार फेब्रुअरी २४ सोमबार बिहान करिब ५:१५ बजे भएको यो घटना कसरी भयो भन्नेबारे विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् । राजधानी वासिङ्टन डीसीबाट १४ माइल अर्थात् २२ किलोमिटर पर भएको यो घटनामा ५० वर्षीय छत्रबहादुर थापाले ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापाको हत्या गरे । नियन्त्रणमा लिने क्रममा छत्रको पनि मृत्यु भयो । अमेरिकामा भएको नेपाली परिवारको हत्याकाण्ड के हो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् यो घटनाबारे फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले अनुसन्धान गरिरहेको छ । घटनास्थल पुगेर प्रमाणहरू संकलन गर्ने र सम्भावित मानवीय…

Read More

सोमबार फागुन ११, २०८२ बुटवल : युवा लेखक सुर्य गहतराजद्वारा लिखित पुस्तक जेन्जी सपना , भ्रम र यथार्थ नामक पुस्तक विमोचन भएको छ । बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि अन्टार्क्टिका महादेशमा पुग्ने पहिलो नेपालि भुवन सिङ्ग बिश्वकर्मालले डिजिटल युग भयपनि पुस्तक दस्तावेजीकरण हुने बताए । डिजिटल युगमा पुस्तक प्रकाशन गर्नु निकै राम्रो कुरा भएको उनले बताए । कर्म नै धर्म हो त्यसैले पुस्तकबाट सफलता पाइने बताए । लेख्ने कुरा सजिलो नभएको बताउदै लेख्न निकै मेहनत गर्नुपर्ने बताए । पुस्तकका प्रकाशक सुर्यकुमार गहतराजले पुस्तकको बारेमा जानकारी गराएका थिए । कतिपय युबाहरु राजनितिको चपेटामा परेको र अहिले केहि युबाहरु भ्रममा परेको कुरा…

Read More