Author: eKhasyauli.com

शुक्रबार १ फागुन, २०८२ । काठमाडौं : आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विश्वका विभिन्न देशमा आज विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ।   संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन( युनेस्को) को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । सन् १९४६ मा राष्ट्रसङ्घीय  रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो। युनेस्कोले पाँचै महादेशमा ‘डिजिटल’ प्रसारणमार्फत शैक्षिक सामग्री स्रोतासमक्ष प्रस्तुत गर्ने बताएको छ। युनेस्कोका अनुसार सञ्चार माध्यमका रूपमा रेडियोको महत्वबारे जनचेतना अभिवृद्धिका साथै निर्णयकर्ताहरूलाई सूचना पहुँच सुनिश्चित गर्न तथा रेडियोको उपयोग प्रोत्साहित गर्न एवं विश्वभरका प्रसारकहरूबीच अन्तरराष्ट्रिय…

Read More

वडाले गर्यो सम्मान बिहिवार, २९ माघ २०८२ कपिलवस्तु – कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का पाँच जना युवाले एकै पटक सशस्त्र प्रहरी जवानमा नाम निकालेका छन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव श्रोत विभागले लिएको सबै परीक्षमा उनीहरू उत्तीर्ण भएका हुन्। दिलिप केवट खुला र उमेश पासी, कृष्ण केवट मनिष केवट अरुण केवट मधेसी कोटामा पास भएका हुन्। पास भएका उनीहरू नै तरकारी उत्पादनमा नमुना बनेको धनकौली गाउँका कृषक छोराहरू हुन्। परीक्षाका लागि उनीहरूले शारीरिक, शैक्षिक लगायतको तयारी गरी परीक्षा दिएका थिए। सशस्त्र प्रहरी बलको जवान पदमा नाम निकालेका पाँच जनालाई वडा कार्यालयले सम्मान गरेको छ। वडाध्यक्ष संदीपकुमार पाण्डेयले…

Read More

बिहीबार २९ माघ, २०८२ बागलुङ : बागलुङ बजारमा स्कूल बस दुर्घटना हुँदा २३ विद्यार्थी घाइते भएका छन्।  बागलुङ नगरपालिका–१ रामरेखादेखि रातामाटातर्फ जाँदै गरेको ‘न्यू एभरेष्ट बोर्डिङ स्कूल’को ग ३ च ८६२१ नम्बरको बस आज दुर्घटना भएको हो।  दुर्घटनाका घाइतेलाई उपचारका लागि धौलागिरि अस्पताल लगिएको सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालले जनाकारी दिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उक्त स्कूल बस मध्यपहाडी लोकमार्गबाट करिब ६० मिटर तल खसेको सहायक प्रजिअ बरालले बताए।

Read More

बिहीबार २९ माघ, २०८२  मुम्बई – आइसीसी टी-२० विश्वकप २०२६ को दोस्रो खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको छ। मुम्बईको वाङ्खेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो।  नेपालले दिएको १२४ को सामान्य लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमा बीना कुनै विकेटको क्षति लक्ष्य पूरा गर्‍यो। पहिलो पटक विश्वकप खेलिरहेको इटालीको लागि यो ऐतिहासिक पहिलो जित हो। यो नेपालको भने यो लगातार दोस्रो हार हो। यो हारसँगै नेपालले सुपर ८ सम्भावनामा ठूलो धक्का लागेको छ। इटालीका दुई ओपनरले नेपालको हातबाट खेल पर लगे। ओपनरद्वय जस्टिन मोस्का र एन्थोनी मोस्का दुवैले अर्धशतकीय पारी…

Read More

बिहीबार २९ माघ, २०८२ काठमाण्डाै – पालिकाको कार्यसम्पादनमा अर्घाखाँचीको पाणिनि गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्याङ्कनअनुसार पाणिनि गाउँपालिकाले ८३.८४ अङ्क प्राप्त गर्दै ७५३ पालिकामध्ये पहिलो भएको हो । दोस्रो स्थानमा रहेको रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले ८२.१५ अङ्क प्राप्त गरेको छ । गुल्मीको मालिका गाउँपालिका ८. ९८ अङ्कसहित तेस्रो र गुल्मीकै धुर्कोट गाउँपालिका ८०.५२ अङ्कसहित चौथो भएको छ । यी ४ वटा पालिकाले मात्र ८० अङ्क पार गरेका हुन् । कार्यसम्पादनमा सबैभन्दा कमजोर रौतहटको देवाही गोनाही नगरपालिका परेको छ । देवाहीले ३०.९१ अङ्क मात्रै प्राप्त गरेको छ । प्रायः…

Read More

बिहीबार, २९ माघ २०८२ अर्घाखाँची – घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्लाभित्रका स्थानीय तहमा रहेका उद्योग तथा वाणिज्य शाखामा कार्यरत कर्मचारी तथा उद्योग दर्तासँग सम्बन्धित विभिन्न संघीय कार्यालयका कर्मचारीबीच एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ। जिल्लाको सन्धिखर्कमा आयोजित उक्त गोष्ठीमा उद्योग दर्ता, नवीकरण, अभिलेखीकरण तथा सेवा प्रवाह प्रक्रियालाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने विषयमा छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय तह र संघीय कार्यालयबीच समन्वय अभिवृद्धि गर्ने, दोहोरोपन हटाउने तथा सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उपायका बारेमा सहभागिहरूले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका प्रमुख दुर्गा न्यौपानीले उद्योग दर्ता प्रक्रियामा…

Read More

बुधबार २८ माघ, २०८२ । अर्घाखाँची –  अर्घाखाँची अस्पताल विकास समितिकाे अध्यक्ष रामहादुर रायमाझीलाई अर्घाखाँची अस्पतालले एक कार्यक्रम गरि स्वागत गरेकाे छ । लुम्बिनी  प्रदेश स्वास्थ्य मन्त्रालयले नियुक्ति गरेकाे हाे । मन्त्रालयबाट २०८२/०९/२८ गते अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ति गरिएकाे पत्र विकास समितिलाई प्राप्त भएकाे अस्पताल विकास समितिले जानकारी गराएकाे हाे। राम बहादुर रायमाझीको स्वागत तथा परिचयात्मक र पदभार ग्रहण कार्यक्रममामा  निवर्तमान अध्यक्ष बलराम मिश्रलाई  समेत सम्मान गरिएकाे छ  । उक्त कार्यक्रम अर्घाखाँची अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीको अध्यक्षता डा. खगेन्द्र आचार्यको स्वागत मन्तव्य तथा अस्पताल व्यवस्थापक शिव बन्जाडेको सञ्चालनमा सम्पन्न भएकाे विकास समितिले जानकारी गराएकाे छ ।

Read More

बुधबार २८ माघ, २०८२ काठमाडौँ । सर्वोच्च अदालतले सवारीसाधनमा अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने र जडान गर्ने कार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार (२५ माघ) सुनुवाइ गर्दै अङ्ग्रेजी भाषामा नम्बर प्लेट जडान गर्ने कार्य नेपालको संविधान र कानुनी व्यवस्था विपरीत देखिएको भन्दै यस्तो आदेश दिएको हो । आदेशमा भनिएको छ, “मिति २०८२।०४।२० मा माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यूको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकबाट भएको निर्णय बमोजिम इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने सम्बन्धी यातायात व्यवस्था विभागको मिति २०८२।०५।०३ को सूचना अनुसार अङ्ग्रेजी भाषामा इम्बोस्ड…

Read More

बुधबार २८ माघ, २०८२ कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । बाणगंगा नगरपालिका ८ धनेषपुरका भट्टराईले प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका कागजातहरू आफनो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए । गत माघ २६ गते भट्टराईले आफनो फेसबुक वालबाट ती कागजातहरू सार्बजनिक गरेपछि मंगलबार पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक डीएसपी रिपेन्द्र कुमार सिंहले बताए । ‘सामाजिक संजाल फेसबुकमा विभिन्न सामग्री पोष्ट गरेर घृणा र द्वेष फैलाउने कार्य तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको हो,’ डीएसपी सिंहले भने, ‘भट्टराईमाथि विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही प्रकृया अघि बढाइएको छ ।’ भट्टराईले यसअघि…

Read More

बुधबार २८ माघ, २०८२ । अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नं. १, रतहलेमा गएराती छाडा कुकुरको आक्रमणबाट पाँच वटा पाठापाठी मरेका छन् । मालारानी गाउँपालिका–९ गोखुङ्गा निवासी हाल रोजगारीसँगै व्यवसायको सिलसिलामा सन्धिखर्क १ रतहलेमा बस्दै आउनुभएका किसान मुमाराम घर्ती (मुमबहादुर) को बाख्राको खोर तोडी कुकुरले पाठापाठी मारेको हो । पीडित किसान घर्तीका अनुसार अन्दाजी १० देखि १२ केजी तौलका पाँच वटा पाठापाठी मर्दा करिब ४५ देखि ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान छ । छाडा कुकुरको बढ्दो आतंकका कारण किसान मात्र नभई सर्वसाधारणसमेत त्रसित बनेका छन् । स्थानीयवासीहरूले यस्ता कुकुरहरूको समयमै उचित व्यवस्थापन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका…

Read More