Author: eKhasyauli.com

२० माघ, २०८२ काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपाल भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) उल्लेख्य रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार उक्त अवधिमा रेमिट्यान्स ३९.१ प्रतिशतले वृद्धि भएर १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह भने ४.२ प्रतिशतले मात्र बढेको थियो । २०८२ साल पुस महिनामा मात्रै विप्रेषण आप्रवाह १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा देशमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गरिएको विप्रेषण आप्रवाह ३२.३ प्रतिशतले वृद्धि भई ७ अर्ब ५० करोड अमेरिकी डलर पुगेको छ…

Read More

२० माघ, २०८२ काठमाडौँ — २०७९ को निर्वाचनमा १६ वटा निर्वाचन क्षेत्रमा एक हजारभन्दा कम मतान्तरमा हारजित भएका छन् । त्यतिबेला कांग्रेस र एमाले दुई ध्रुवको गठबन्धनबीच देशभरि नै मुख्य प्रतिस्पर्धा भएको थियो । कांग्रेस नेतृत्वको गठबन्धनमा तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी समावेश थिए । एमाले नेतृत्वको गठबन्धनमा जसपा नेपाल र राप्रपा समावेश थिए । यीमध्ये अधिकांशमा कांग्रेस र एमालेबीचमा नै तीव्र प्रतिस्पर्धा देखिएको थियो । यसरी झिनो मतान्तरमा कांग्रेसले एमालेलाई, एमालेले कांग्रेसलाई चार/चार निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । त्यसैगरी एमालेले रास्वपालाई, जसपा नेपालले रास्वपालाई, कांग्रेसले राप्रपालाई, नागरिक उन्मुक्तिले माओवादीलाई, एकीकृत समाजवादीले एमालेलाई एक/एक निर्वाचन क्षेत्रमा पराजित गरेका थिए । माओवादीलाई एमालेले…

Read More

१७ माघ, २०८२ दाङ- दाङको गढवा गाउँपालिका वडा नम्बर १, वनघुस्री स्थित जनशक्ति सामुदायिक वन उपभोक्ता समूहको २७ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष खुम बहादुर गाहा मगरको सभापतित्वमा भएको उक्त कार्यक्रमले वनको संरक्षण, वैज्ञानिक व्यवस्थापन र आगामी आर्थिक कार्ययोजनालाई अनुमोदन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि दाङ जिल्ला सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरि भुषालले सामुदायिक वनहरू आत्मनिर्भर बन्नुपर्ने उल्लेख गर्दै वन पैदावर र स्थानीय उद्योग प्रयाेगमा जाेड दिनुभयो । गढवा–१, बडहरामा १२ वटा सामुदायिक वन समूहहरूको साझा लगानीमा सञ्चालित गोवरडिहा स-मिल तथा फर्निचर उद्योग तपाईहरुकै हो । यस समूहबाट प्राप्त हुने वैधानिक…

Read More

 १७, माघ, २०८२ नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो। इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको हो। आईओसीबाट डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ६६ पैसा बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै प्रतिलिटर ३ रुपैयाँ मात्र बढाइएको निगमले जनाएको छ। बढेको मूल्य आइतबार बिहान ००:०१ बजेदेखि लागू हुनेछ। निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर…

Read More

१७ माघ, २०८२ अर्घाखाँची – वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम साथी साकोसको आयोजनामा, जिल्ला सहकारी संघ लि., अर्घाखाँचीको समन्वय तथा कलश स्टक मार्केट (ब्रोकर नं. ७४) को प्राविधिक सहयोगमा वित्तीय साक्षरता तथा शेयर शिक्षा कार्यक्रम शनिबार सन्धिखर्कमा सम्पन्न भएको छ। होटल साथीमा सम्पन्न कार्यक्रममा सहकारीका सदस्यहरू, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा शेयर बजार, लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन तथा वित्तीय सचेतनासम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। कार्यक्रमले सहभागीहरूमा वित्तीय ज्ञान अभिवृद्धि गर्न तथा सुरक्षित लगानीप्रति सचेत गराउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् । कार्यक्रम साथी सहकारीका अध्यक्ष रुद्र प्रसाद श्रेष्ठको अध्यक्षतामा उपाध्यक्ष डिलाराम…

Read More

१७ माघ, २०८२ काठमाडौं – केही दिनयता निरन्तर बढिरहेको सुनको मूल्य शुक्रबार भने ब्रेक लागेको छ । बिहीबार एकैदिन २० हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार सोही मूल्यले घटेको हो । बिहीबार बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार एकै दिन २० हजार ५०० रुपैयाँले घटेको हो । शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य १७ हजार ४०० रुपैयाँले बढेको छ । गत माघ ९ गते शुक्रबार ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको…

Read More

१७ माघ, २०८२ कठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी २१ वटा स्पष्टीकरण सोधिएको थियो । त्यसमध्ये पाँच वटाको मात्रै जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेता भइरहेको आयोगले जनाएको छ । आचारसंहिताको उल्लङ्घन हुने गरी मिथ्या एवम्…

Read More

१६ माघ, २०८२ अर्घाखाँची-अखिल नेपाल युवक संघ अर्घाखाँचीको अध्यक्षमा रेसम वि.क. निर्वाचित हुनुभएको छ । युवक संघको धारापानीमा सम्पन्न आठौं जिल्ला सम्मेलनले अध्यक्ष वि.क.को नेतृत्वमा २७ सदस्यिय जिल्ला समितिको गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा शुरेस आचार्य, सचीवमा झविन्द्र चुँदाली, सह–सचीवमा रिता बन्जाडे पुन र कोषाध्यक्षमा भुपाल वि.सी. निर्वाचित हुनुभएको छ । अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले उद्घाटन गर्नुभएको सम्मेलनले माधव बन्जाडे र महेश बुढामगरलाई सचिवालयमा चयन गरेको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी., सागर के.सी., जिल्ला अध्यक्ष थम्मन के.सी., राजमो अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्धार पशुपति ढकाल, जिल्ला सचिवालय सदस्य भिमलाल…

Read More

१६ माघ, २०८२ काठमाडौँ —एमाले महासचिव शंकर पोखरेलले काठमाडौंजस्ता प्रमुख शहरहरूमा रास्वपाको सुरुवाती जोश अब कमजोर हुँदै गएको दाबी गरेका छन्। शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले तयार पारिरहेको घोषणापत्र, एमालेको चुनावी आँकलन र अन्य पार्टीहरूको अवस्थाबारे बताउँदै यस्तो टिप्पणी गरेका हुन्। महासचिव पोखरेलले रास्वपाको जन्म र उदय मुख्यतः शहरी युवा, शिक्षित तथा मध्यम वर्गको असन्तुष्टिबाट भएको तर्क गर्दै बालेन्द्र साहको मेयर जित र रवि लामिछानेको लोकप्रियताले ठूलो प्रभाव पारेको बताए। उनले हाल सहकारी ठगीजस्ता मुद्दा, संगठनात्मक कमजोरी र युवा मत फरक दिशामा जाने सम्भावनाका कारण रास्वपाको शहरी मत घट्ने अनुमान पनि सुनाए। काठमाडौंमा रास्वपा अब प्रतिस्पर्धामा कमजोर छ…

Read More

 १५माघ,२०८२ अर्घाखाँची –प्रतिनिधिसभा सदस्यको एक मात्र निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा यसपटक २५ मतदानस्थललाई ‘अति संवेदनशील’ श्रेणीमा राखिएको छ । दुर्गम भूगोल, यातायातको अभाव र बस्तीको छरिएको स्वरूपका कारण ती मतदानस्थललाई उच्च सुरक्षा निगरानीमा राख्नुपर्ने निष्कर्ष निकालिएको हो । आगामी फागुन २१ गते हुने निर्वाचनकोलागी जिल्लामा कुल २ सय ९ मतदान केन्द्र र १ सय २ मतदानस्थल रहेका छन् भने २ वटा अस्थायी मतदान केन्द्र रहेका छन । जसमध्ये २५ मतदानस्थल अति संवेदनशील, ४० संवेदनशील र ३७ वटा सामान्य सूचीमा परेको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिनुभयो । भौगोलिक जटिलता नै वर्गीकरणको मुख्य आधार रहेको भट्टराईको भनाइ छ…

Read More