Author: eKhasyauli.com

शनिबार, २ बैशाख २०८३ । अर्घाखाँची :  शितगंगा नगरपालिकाले  याे  आर्थिक बर्षकाे नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेसँगै अर्घाखाँचीमा नीति तथा कार्यक्रम ल्याउने पालिकामा शितगंगा नगरपालिका पहिलो स्थानीय तह बनेको छ । १९ औँ नगरसभामा नगर प्रमुख छविलाल पौडेलले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हाे । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको नगर प्रमुख पौडेलले बताउनुभयो। उहाँले नगरको समग्र विकास, सेवा प्रवाहलाई छिटो छरितो र प्रभावकारी बनाउने तथा नागरिकको जीवनस्तर उकास्ने उद्देश्यले नीति तथा कार्यक्रम…

Read More

शुक्रबार, १ जेष्ठ २०८३ । काठमाडौं : सरकारले आमनागरिकलाई विकासको प्रवाहमा समाहित गर्ने र तीव्र आर्थिक विकासका लागि भनेर अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको पाइएको छ । महालेखापरीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय गौरवका आयोजनामा रु पाँच खर्ब चार अर्ब ५५ करोडबराबर लगानी भएको छ । त्यसमध्ये हालसम्म तीनवटा मात्रै त्यस्ता आयोजना सम्पन्न भएका छन् । कुल २७ वटा राष्ट्रिय गौरवका आयोजनामा गरिएको लगानीअनुसारको प्रतिफल हासिल हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय गौरवका आयोजनाको संशोधित लागत अनुमान रु २४ खर्ब १५ अर्ब छ करोड ९७ लाख र ६९ दशमलव सात करोड अमेरिकी डलर रहेको…

Read More

बुधबार ३० वैशाख २०८३ । काठमाडौं : बीस वर्षपछि विवाह गर्ने विद्यमान कानुनी व्यवस्थामा परिवर्तन नगर्न बालअधिकारकर्मीले जोड दिएका छन् । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले आज आयोजना गरेको ‘बिहेवारी २० वर्ष पारी अभियान’मा सञ्चारकर्मीको भूमिका विषयक छलफल कार्यक्रमका वक्ताहरूले विवाह गर्ने उमेरलाई घटाएर १८ वर्ष ल्याउन कतिपय पक्षले दबाब लिए पनि त्यस्तो प्रस्ताव अघि बढ्न नहुनेमा जोड दिइएको हो । राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक तारक धितालले विवाह गर्ने विद्यमान उमेर घटाउँदा शैक्षिक, मानसिक, आर्थिक र सामाजिकका साथै प्रजनन् स्वास्थ्यमा प्रतिकूल असर पर्ने अध्ययनबाट देखिएको बताए। उनले चीन, दक्षिण कोरिया, भारतलगायत मुलुकमा पनि २० वर्षपछि नै विवाहको…

Read More

 साेमबार २८ वैशाख २०८३ । काठमाडौं : राष्ट्रिय  परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ‘एनजी’ ल्याएका विद्यार्थीहरूका लागि आगामी असार १ गतेदेखि पूरक परीक्षा सञ्चालन गर्ने भएको छ। बोर्डले यसपटक नियमिततर्फका परीक्षार्थीलाई ‘एनजी’ आएका सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था मिलाएको छ।अघिल्ला वर्षहरूमा निश्चित विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने नियम रहेकोमा यसपटक विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै बोर्डले लचिलो नीति अपनाएको हो। अब नियमित परीक्षार्थीले जतिवटा विषयमा ‘एनजी’ ल्याएका छन्, ती सबै विषयको पूरक परीक्षा असार १ गतेदेखि दिन पाउनेछन्।

Read More

साेमबार २८ वैशाख २०८३ । काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजामा १ लाख ४६ हजार ५ सय ७ जना परीक्षार्थी ‘एनजी’ (नन ग्रेडेड) मा परेका छन्। नयाँ लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिकतर्फ न्यूनतम अङ्क ल्याउन नसक्दा ठुलो सङ्ख्यामा विद्यार्थीहरू अवर्गीकृत हुन पुगेका हुन्। बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको परीक्षामा कुल ४ लाख ३० हजार ६ सय ६७ जना विद्यार्थीको नतिजा निकालिएको थियो। जसमध्ये २ लाख ८४ हजार १ सय ६० जना (६५.९८ प्रतिशत) परीक्षार्थी मात्र उत्तीर्ण हुन सफल भएका छन्। परीक्षामा सहभागीमध्ये झन्डै ३४ प्रतिशत विद्यार्थीले कुनै न कुनै विषयमा न्यूनतम…

Read More

 शनिबार​ २६, बैशाख २०८३ । अर्घाखाँची : अर्घाखाँचीको सितगंगा नगरपालिकाले नगर उपप्रमुख लगायतकाे विषयलाई समेटेर सामाजिक सञ्जालमा अनावश्यक रूपमा भ्रम फैलाइएको बताउँदै ध्यानाकर्षण भएको जनाएको छ। आर.एन. इन्टरटेन्मेन्ट नामक फेसबुक पेजबाट एकै व्यक्तिले १८ वटा ग्याँस प्रयोग गरी दुरुपयोग भएको भन्दै भ्रामक सूचना फैलाइएको नगरपालिकाले विज्ञप्ति निकाली जानकारी गराएकाे छ । प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले प्रेस विज्ञप्ति जारी गदै एकै व्यक्तिले प्रयोग गरेको भनेर भ्रामक प्रचार गरिएका ग्यास सिलिण्डरहरू विभिन्न स्थानमा, विभिन्न प्रशासनिक तथा सेवा सम्वन्धी प्रयोजनका लागि आवश्यकताको आधारमा वितरण गरिएको बताएका छन्। नगरपालिकाले कार्यपालिकाको निर्णयअनुसार नै कार्यालय प्रयोजनका लागि विभिन्न वडा कार्यालय, स्वास्थ्य चौकीका लागि विभिन्न स्थानमा…

Read More

शुक्रबार २५ बैशाख २०८३ । काठमाडौं : परराष्ट्र मन्त्रालयले इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झाको रिहाइको प्रक्रिया जारी रहेको बताएको छ। शुक्रबारको नियमित प्रेस मिटमा मन्त्रालयले इरानको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया बाँकी रहेको जनाएको हो। इरानको परराष्ट्र मन्त्रालय र झाको परिवारसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। ‘इरानको बन्दरअब्बासमा राखिएका नेपाली नागरिक अमृत झाको रिहाइको विषय हाल प्रक्रियामै रहेको छ। इरानको हालको विषम अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया बाँकी नै रहेकाले केही समय लाग्न सक्ने देखिएको छ,’ परराष्ट्रले भनेको छ।

Read More

बिहिवार २४, बैशाख २०८३ काठमाडौं : सुशी ट्रेनिङ नेपालले स्थापनाकाे दुई बर्षपछि आफ्नाे शाखा विस्तार गरेकाे छ । लामाे समयदेखि जर्मनमा काम गरि अनुभव संगाल्नु भएका राजीव चाम्लिङ राईले काठमाडौंकाे गाेंगबु बसपार्कमा शाखा खाेलेकाे बताउनुभयाे । उद्घाटनमा बोल्दै उहाँले शिप सिकेर विदेश मात्रै जानुपर्छ भन्ने छैन आफ्नो देशमा पनि आत्मनिर्भर बन्न सकिने कुरा उल्लेख गर्दै काम नसिकि विदेश जाँदा नेपालीले दुख भोग्नु पर्ने र विदेशीहरूको इसारामा काम गर्नुपर्दा गाह्राे हुने समेत बताउनु भयाे । सुशी ट्रेनिङ नेपालकाे पहिलो शाखा बाल कुमारीमा रहेकाे छ । राईले सानै देखी व्यवसाय गरि आफ्नै देशमा केही गर्ने सपना देखेको र त्याे सपनाले सफलता प्राप्त…

Read More

मंगलबार, २२ वैशाख २०८३ । काठमाडौं : सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका २० जना पदमुक्त भएका छन्। सरकारले अध्यादेश जारी गरेसँगै वैशाख १९ गतेदेखि नै लागु हुने गरि २० जना पदमुक्त भएका मन्त्रालयले जनाएको छ। को-को पदमुक्त भए ? हेर्नुहोस् सूचीमा :

Read More

साेमबार २१ वैशाख २०८३ । काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार वटा मुख्य निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए। सरकारले यसअघि नै यो अध्यादेश जारी गर्न राष्ट्रपति पौडेललाई पठाएकोमा उनले आइतबार मात्रै पुनर्विचारको लागि सरकारलाई फिर्ता पठाएका थिए। त्यसमा कुनै पुनर्विचार नगरी हुबहु राष्ट्रपतिसमक्ष बुझाउने निर्णय भएको मन्त्री पोखरेलले बताए। यस्तै सोमबारको बैठकले भारतसँग जी टू जी माध्यमबाट ६० हजार मेट्रिक्टन युरिया र २० हजार डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक…

Read More