Author: eKhasyauli.com

शनिबार २४ माघ २०८२ । काठमाडौँ – शनिबारबाट सुरु भएको टी-२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। श्रीलंकाको कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स १९.५ ओभरमा अलआउट हुँदै १ सय ४७ रनमा समेटिएको थियो। उसका लागि बास डि लिडले ३० रन बनाउँदा स्कट एडवार्ड्सले ३७ रन बनाए। त्यस्तै, माइकल लेभिटले २४ तथा कोलिन अक्रमनले २० रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा अर्यान दतको १३ रन रह्यो। पाकिस्तानका लागि सलमान मिर्जाले ३ विकेट लिँदा मोहमम्द नवाज, अब्रर अहमद र सइम अयुबले २-२ विकेट लिए। जवाफमा पाकिस्तानले उक्त लक्ष्य…

Read More

शनिबार २४ माघ, २०८२ । काठमाडौँ– वरिष्ठ कलाकार सुनिल थापा निधनपछि थापाथलीस्थित नर्भिक अस्पतालमा कलाकर्मी तथा शुभचिन्तकको उपस्थित बढ्दै गएको छ। राते काइँलाका नामलेसमेत परिचित थापाको हृदयघातका कारण शनिबार बिहान साढे ७ बजे उपचारकाक्रममा मृत्यु भएको थियो। उनको मृत्युपछि अस्पतालमा कलाकार नीर शाह, तुलसी घिमिरे, दीपक कोईराला, सरोज खनाल,शिव श्रेष्ठ, विल्सनन विक्रम राई, प्रसान्त ताम्राकारलगायत उपस्थित भएका छन्। अस्पताल क्षेत्र अहिले शोकमग्न रहेको छ। कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापा मिलनसार, अनुशासित र सबैलाई सम्मान गर्ने स्थापित कलाकार भएको बताए। नेपालको चलचित्र क्षेत्रमा उनको योगदान उल्लेखनीय रहेको अध्यक्ष निरौलाको भनाइ छ। ‘उहाँ मिलनसार, सबैलाई ईज्जत गर्ने र अनुशासनमा बस्ने कलाकार…

Read More

शनिबार २४ माघ, २०८२ । भारत र श्रीलंकामा आयोजना भइरहेको टी-२० विश्वकप आजबाट औपचारिक सुरुवात हुँदै छ। दक्षिण एसियाको भूराजनीतिका कारण बलियो ‘फ्यान बेस’ भएको बंगलादेश प्रतियोगितबाट बाहिरिंदा पाकिस्तानले भारतसँगको खेल बहिस्कारको घोषणा विच प्रतियोगिता औपचारिक रुपमा सुरु हुँदै छ। प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्ड्स ११:१५ मा भिड्दा आयोजक भारतले साँझ अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ। यो पटक भारत स्टार खेलाडीहरु रोहित शर्मा र विराट कोहली विना विश्वकप खेल्दै छ। साविक च्याम्पियन भारत विश्वकपमा फेरी एकपटक बलियो दाबेदार हो। उसले टी-२० विश्वकप जितेयता कुनैपनि टी-२० सिरिज नहारेकाले स्वभाविक रुपमा उच्च लयमा रहेको छ। तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले भने आफ्नो…

Read More

शनिबार २४ माघ, २०८२ काठमाडौँ —प्रतिनिधिसभा निर्वाचनका दिन २१ फागुनमा देशैभर मौसम सामान्य रहने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागले विगत ३० वर्षमा फागुनमा रहेको मौसमको विश्लेषणमार्फत आगामी फागुनको पूर्वानुमान गरेको हो । विभागले १०–३० फागुनको दैनिक अधिकतम तापक्रम, न्यूनतम तापक्रम र वर्षाको दैनिक सरदरको तथ्यांक आयोगलाई दिएको छ । उक्त तथ्यांकबाट निर्वाचनका बेला मौसम सामान्य रहने देखिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । मौसम विभागमा उपलब्ध प्रविधिले ५ देखि ७ दिनसम्मको मौसम पूर्वानुमान दिन सक्छ । एक महिनाअगावै दैनिक मौसमको पूर्वानुमान गर्न प्रविधिगत हिसाबले विभाग सक्षम छैन । तर विभागले विभिन्न विश्वव्यापी पूर्वानुमानको प्रारूप तथा विगत ३० वर्षको अवधिमा मापन गरिएको तथ्यांकका…

Read More

शनिबार, २४ माघ २०८२ । कपिलवस्तु – बुद्धभूमि उद्योग वाणिज्य संघले बुद्धभुमी नगरपालिका वार्ड नं. १ भेलाई स्थित सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा फाईवर सिरक प्रदान गरेकाे छ । विद्यालयमा अध्ययनरत दृष्टिबिहिन विद्यार्थीहरूका लागि शुक्रबार एक कार्यक्रम गरि १२ थान फाइवर सिरक सहयोग गरेको हाे ।  बुद्धभूमि उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद पौडेल, वाणिज्य उपाध्यक्ष गीता श्रेष्ठ, महासचिव हरिलाल अधिकारी, सचिव मुकुन्द पौडेल, सदस्य डि.पी. वेल्वासे, लेखा सदस्य आर.एन.घिमिरेको आतिथ्यता र अन्य व्यवसायीहरू लगायत विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम विद्यालयका प्रधानाध्यापक डिलाराम पौडेलको अध्यक्षता, सहायक प्र.अ. जीवलाल पन्थीकाे सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विद्यालयमा…

Read More

शनिबार, २४ माघ २०८२ । काठमाडौं । अमेरिका र भारतले अन्तरिम व्यापार सम्झौताको औपचारिक घोषणा गरेका छन् । दुवै देशले संयुक्त वक्तव्य जारी गरी सम्झौताको औपचारिक घोषणा गरेका हुन् । २ फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका थिए । त्यससँगै भारतविरुद्ध लगाइएको ५० प्रतिशत ट्यारिफ(आयात शुल्क) घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए । त्यो बेला व्यापार सम्झौताबारे विस्तृत जानकारी सार्वजनिक गरिएको थिएन । तर, अहिले संयुक्त वक्तव्य जारी भएपछि धेरै कुरा बाहिर आउका छन् । भारतका वाणिज्य मन्त्री पीयूष गोयलले एक्समार्फत वक्तव्य जारी गर्दै यो सम्झौताले भारतीय निर्यातकर्ताहरूहरू ३० ट्रिलियन डलर (झन्डै ४३३…

Read More

शुक्रबार, २३ माघ २०८२, ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैँले सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै मेयर महर्जनले सरकारको ध्यानाकर्षण गराए । उनले कथं कदाचित भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने उल्लेख गरे । महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा…

Read More

२३ माघ, २०८२ काठमाडौँ । भारतको मेघालयमा बिहीबार भएको कोइला खानी विस्फोटमा १८ जनाको मृत्यु भएको छ भने अन्य धेरै फसेको आशंका गरिएको छ ।अहिलेसम्म १८ वटा शव निकालिएको छ भने ८ जना घाइते भएका छन्। खानीभित्र अझै ३० देखि ४० जनासम्म कामदार फसेको हुनसक्ने स्थानीयको आशंका छ। मृत्यु हुनेमा खोटाङका दुई नेपाली दाजुभाइ पनि रहेका छन् । प्रहरीका अनुसार खानीभित्र प्रयोग गरिएको ‘डायनामाइट’ का कारण विस्फोट भएको हो, जसले गर्दा विषाक्त ग्यास फैलिनुका साथै सुरुङहरू भत्किएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारु र घाइतेलाई ५० हजार भारु सहयोग दिने घोषणा गरेका छन् । यस्तै मेघालय सरकारले…

Read More

२३ माघ, २०८२ काठमाडौं । अभिनेत्री मृणाल ठाकुर र अभिनेता धनुषको विवाहको चर्चा यतिबेला चर्किएको छ । धनुष र मृणाल विवाह गर्न लागेका छन् भन्ने दाबी भइरहेको छ । फिल्म प्रमोशनका क्रममा अभिनेता सिद्धान्त चतुर्वेदीले समेत मृणाललाई विवाहको विषयमा जिस्क्याइसकेका छन् । यही विवाहको चर्चाबीच बिहीबार मृणालको एउटा चकित पार्ने तस्बिर सार्वजनिक भयो । गुलाबी रंगको गाउनमा देखिएकी मृणालको बेबी बम्प प्रस्ट देखिन्थ्यो । उनी गर्भवती महिलाजस्तै हिँडिरहेको देखिन्थिन् र अनुहारका हाउभाउ पनि उस्तै थिए । मृणालसँगै अभिनेता वरुण धवन पनि देखिएका थिए । निलो जिन्स र कालो टी–सर्टमा वरुणले मृणालको ख्याल गरिरहेको दृश्य देखियो । उनले मृणाललाई घाम र…

Read More

२३ माघ, २०८२ काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा बढेको हो । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.७४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा कम्पनीको…

Read More