Author: eKhasyauli.com

शुक्रबार फागुन ८, २०८२ । अर्घाखाँची : अर्जुन चौपारी ऋण सहकारी संस्था लिमिटेड कास्कीले आज सन्धिखर्कमा रहेको साथी सहकारी र साथी सहकारी बहुउद्देश्य संस्थाको अवलोकन भ्रमणको अवसरमा अध्ययनसँगै सिकाई आदानप्रदान गरेको छ। अर्जुन चौपारी ऋण सहकारी संस्था लिमिटेड कास्कीका अध्यक्ष डा. भवानी प्रसाद पौडेलले साथी सहकारीले गरेका नमुनायोग्य कामको खुलेरै प्रशंसा गर्नुभएको थियो। यस सहकारीले सन्धिखर्कमा साथी बहुउद्देश्य सहकारी मार्फत स्थानीय उत्पादनलाई लेबलिङ र बिक्री वितरण गरेर स्थानीयलाई रोजगारी समेत प्रदान गरेकोमा यसको सिको गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे। साथी बहुउद्देश्य सहकारी संस्था अर्घाखाँचीका अध्यक्ष कृष्णप्रसाद भुसालले विभिन्न जिल्लाहरूको भ्रमण गर्ने क्रममा यस सहकारीले हाम्रो साथी सहकारी र साथी बहुउद्देश्य संस्थालाई…

Read More

अर्घाखाँची : शितगंगा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न भएको छ। नगरभित्रका विभिन्न सामुदायिक विद्यालयहरूको उल्लेख्य सहभागितामा आयोजित प्रतियोगितामा सुधा मावि जुकेना च्याम्पियन बन्दै प्रथम स्थान हासिल गर्न सफल भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रभाकर मावि सिमलपानी दोस्रो, पांकुरी मावि पांकुरी तेस्रो तथा लापे मावि चौथो स्थान हासिल गर्न सफल भएका छन् । विभिन्न विधामा विद्यार्थीहरूले देखाएको प्रतिभा, अनुशासन र प्रतिस्पर्धात्मक भावना कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। एथलेटिक्स, भलिबल, कबड्डी, दौड, जम्प लगायतका खेलकुद विधामा छात्र–छात्राहरूले उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए। खेलकुदमार्फत विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।…

Read More

बिहीबार ७ फागुन २०८२ । अर्घाखाँची : मालारानी गाँउपालिका वार्ड नं. ७ मुलाका चाैरमा चुनावी सभा सम्पन्न गरेकाे छ । सभामा राष्ट्रिय जनमाेर्चा प्रतिनिधि सभा सदस्य पदकाे उम्मेदवार पशुपतिनाथ ढकालले सबै उम्मेदवारकाे तुलनामा आफू सक्षम र ईमानदार रहेकाे उल्लेख्य गर्दै राजमाेकाे विचारमा सधै कटिबद्ध भएर लागेकाे बताउनुभयाे । ढकालले जिल्लाकाे विकासको लागि आफुसँग स्पष्ट खाका रहेकाे बताउँदै गिलास चिन्हमा मतदान गरेर विजय गराउन आग्रह गर्नुभयाे । चुनावी सभामा राजमाे जिल्ला अध्यक्ष थम्मन केसी, निवृत शिक्षक तथा राजमाे नेता राजेन्द्र अधिकारी लगायतले बाेल्नुभएकाे थियाे । राजमाे वार्ड अध्यक्ष नरबहादुर बस्नेतकाे अध्यक्षता र देवेन्द्र कुँवरकाे सञ्चालनमा सम्पन्न कार्यक्रम राजमाे सचिवालय सदस्य भिमलाल…

Read More

फाल्गुन ७, २०८२  । काठमाडौं : आइसिसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिज र जिम्बाबेले आफ्नो अपराजित यात्रालाई कायमै राखेका छन् ।   समूह चरणको आफ्नो अन्तिम खेलमा बिहीबार जिम्बाबेले आयोजक श्रीलंकालाई ६ विकेटले पराजित गर्‍यो । समूह ‘बी’मा ४ खेलबाट ७ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर-८ मा प्रवेश गरेको जिम्बाबेले आयरल्यान्डसँग भने अंक बाडेको थियो । अस्ट्रेलियालाई २३ रनले हराउँदै सनसनी मच्चाएको जिम्बाबेले समूह चरणको आफ्नो पहिलो खेलमा ओमानलाई ८ विकेटले हराएको थियो । यो समूहबाट ६ अंकसहित श्रीलंका पनि सुपर-८ मा प्रवेश गरेको छ । समूह ‘सी’मा रहेको वेस्ट इन्डिजले समूहचरणका सबै चार खेल जित्यो । पहिलो खेलमा स्कटल्यान्डलाई ३५…

Read More

बिहीबार, फाल्गुन ७, २०८२ । काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलन र त्यसपछि उन्पन्न प्रश्नबारे ६ प्रश्न उठाएका छन् । बिहीबार प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै आफूलाई मतदाताले प्रश्न गरिरहेको सन्दर्भमा आफ्ना पनि प्रश्न रहेकाे बताए । ‘२४ भदौपछि फेरि हाम्रो देशमा अनिश्चयको तुवाँलो फैलिएको छ । ७ दशकभन्दा लामो संघर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो संविधान र समग्र व्यवस्थामाथि धावा बोलिएको छ । हाम्रो स्वाधीनता र स्वाभिमानमाथि आक्रमण गरिएको छ,’ उनले जेन-जी आन्दोलनबारे भनेका छन्, ‘आज नेपाल यस्तो दोबाटोमा उभिएको छ, जहाँ एकातिर रिस, आवेग र आक्रोश छ, अर्कातिर विवेक र जिम्मेवारी ‘भत्काउने र बनाउने’ परस्पर विरोधी…

Read More

बुधबार फागुन ६, २०८२ अर्घाखाँची: मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको अध्यक्षतामा निर्वाचन सम्बन्धी सर्वपक्षीय बैठक सम्पन्न भएको छ। बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवाला निकाय तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउने विषयमा छलफल गर्दै आ–आफ्नो ठाउँबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै निर्वाचन आचारसंहिताको पूर्ण पालना, मतदातालाई सहज वातावरण सिर्जना तथा शान्तिपूर्ण मतदान सुनिश्चित गर्न विशेष जोड दिइएको थियो। लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले एकमत व्यक्त गरेका छन्।

Read More

मंगलबार ५ फागुन २०८२ । कपिलवस्तु : कपिलवस्तु जिल्लामा एकैपटक तीन स्थानमा शंकास्पद बस्तु फेला परेपछि जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । सुरक्षा स्रोतका अनुसार जिल्लाका विभिन्न स्थानमा शंकास्पद बस्तु फेला परेसँगै सुरक्षा निकाय सतर्क अवस्थामा रहेको छ । स्रोतका अनुसार हुलाकी राजमार्ग अन्तर्गत बर्गदी पुल नजिकै एक सानो टिनको बट्टा फेला परेको छ । यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत ड्राईनाला नजिकै एक थान हुक्स बम फेला परेको र उक्त बम भएको विषय पुष्टी भइसकेको बताइएको छ । त्यस्तै बनकसबासा नजिकै पनि तारले प्याक गरिएको पहेंलो रंगको शंकास्पद बस्तु फेला परेको सुरक्षा स्रोतले जनाएको छ । तीन स्थानमा एकैपटक…

Read More

मंगलबार ५ फागुन, २०८२ । अर्घाखाँची — शितगंगा नगरपालिकाले लुम्बिनी प्रदेशमै पहिलोपटक स्थानीय तहबाट करदाता सेवा सञ्चालनमा ल्याएको छ।नेपाल सरकार मन्त्रिपरिषद्को  देशभरका करदाता सेवा कार्यालयहरू खारेज गरी कर  कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू सम्बन्धित स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएपछि शितगंगाले उक्त सेवा औपचारिक रूपमा सुरु गरेको हो। उद्घाटन समारोहकै क्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र महानिर्देशक दहालबीच कार्यसम्झौता आदान–प्रदान गरि सेवा सुभारम्भ गरिएको  थियो। सम्झौतापछि नगरपालिकाबाट औपचारिक रूपमा करदाता सेवा प्रवाह सुरु गरिएको हो । सेवा शुभारम्भको अवसरमा स्थानीय व्यवसायी कृष्ण पौडेललाई नास्ता पसल सञ्चालनका लागि प्यान नम्बर प्रदान गर्दै पहिलो सेवा प्रवाह गरिएको थियो। अब प्यान…

Read More

साेमबार, ४ फागुन २०८२ अर्घाखाँची – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीले “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौँ, संयुक्त स्वाधीन सरकार गठन गरौँ” भन्ने मूल नारासहित जिल्लाका विभिन्न स्थानमा प्रचारप्रसार अभियान सञ्चालन गरेको छ। पार्टीका अनुसार मालारानी गाउँपालिका र सन्धिखर्क नगरपालिकाका विभिन्न वडामा पर्चा वितरण, घरदैलो भेटघाट तथा मतदातासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो। अभियानका क्रममा पार्टीका कार्यकर्ताहरूले वर्तमान संसदीय व्यवस्थाप्रति आफ्नो असहमति व्यक्त गर्दै वैकल्पिक राजनीतिक संरचनाको आवश्यकता औंल्याएका थिए। जिल्ला समितिका प्रतिनिधिहरूले निर्वाचन प्रक्रियालाई “साम्राज्यवादद्वारा प्रभावित” भन्दै त्यसको बहिष्कार गर्न आह्वान गरेका छन्। उनीहरूले राष्ट्रिय स्वाधीनता, आत्मनिर्भर अर्थतन्त्र र वैकल्पिक शासन व्यवस्थाको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले…

Read More

साेमबार, ४ फागुन २०८२ । बुटवल- बुटवल उपमहानगरपालिकाले ६७ औं स्थापना दिवस आइतबार एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले उपमहानगरपालिकाले गरेका तीन वर्षका कार्य प्रगतिबारे सविस्तार चर्चा गर्दै यसका लागि बुटवलबासी जनताले गरेको माया, सहयोग र सद्भावप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् । उनले आफू नेतृत्वमा आएपछि विकासका विभिन्न आयामहरु पत्ता लगाउँदै र स्रोतको पहिचान गर्दै समृद्धिको यात्रामा अघि बढेको बताए । जनताले सुशासनको अनुभूति गर्न सक्नुपर्छ भन्ने मान्यताबाट अभिप्रेरित हुँदै बुटवल उपमहानगरपालिकाले जनताका कामलाई सकेसम्म सहज र सरल बनाउन कोशिस गरिएको बताए । त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालले…

Read More